पर्वत उद्योग बाणिज्य संघको निर्वाचन तालिका सार्वजानिक (तालिका सहित)

फागुन २७, पर्वत । आगामी चैत्र ७ गते हुने पर्वत उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्वाचनका लागि तालिका सार्वजानिक भएको छ । निर्वाचन आउन ९ दिन बाँकी हुँदा निर्वाचन तालिका प्रकाशन गरिएको हो । तालिका अनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन गरिने भएको छ भने चैत्र २ गते मतदाता नामावलीमाथि दावी विरोधको कार्यक्रम राखिएको छ ।


चैत्र २ गतेनै अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । मतदाताको कार्यक्रम चैत्र ७ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ । उद्योग बाणिज्य संघको आगमी नेतृत्वका लागि शिवशर्मा पौडेल र गोपी अधिकारीको छुट्टाछुट्टै प्यानल सहित प्रतिस्पर्धामा छन् । शिव शर्मा पौडेलले आफ्नो अध्यक्षमा प्यानल घोषणा गरिसक्नुभएको छ भने गोपी अधिकारीको प्यानल घोषणा हुन बाँकी छ ।

एमाले व्यवसायीको समर्थनमा उम्मेदवारी घोषणा गरेका अधिकारीलाई अहिले एमाले र माओवादी समर्थक व्यवसायलाई मिलाएर लैजान सकस देखिएको छ । बुधवार मात्र उनले आफ्नै घरमा माओवादी केन्द्र निकटका व्यवसायी गोप्य रुपमा छलफल गरेको कुरा खुल्न आएको छ ।

प्रकाशित मिति २७ फाल्गुन २०७७, बिहीबार ०२:०५