पर्वतमा शिव शर्मा पौडेल नेतृत्व प्यानलको चुनावी प्रचारप्रसार तिव्र (फोटो सहितं)


फागुन २७, पर्वत । पर्वत उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तिव्र पारेका छन् । निजि क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघ पर्वतको नयाँ नेतृत्व आफ्नो पाल्टामा पार्नका लागि प्राजातान्त्रिक, व्यावसायिक तथा साझा समुहबाट उम्मेदवारी घोषणा गर्नुभएका शिव शर्मा पौडेल नेतृत्वको टोली घरदैलोमा पुगेर व्यापारीका समस्या तथा गुनासो संकलन अभियानमा जुटेको छ ।

अभियानको क्रममा आज महाशिला र पैयु गाउँपालिकाका दुई स्थानमा छुट्टाछुटै कार्यक्रम सम्पन्न भएको छ । महाशिलामा भएका कार्यक्रममा व्यवसायीहरुले विगतदेखी नै पर्वत उद्योग वाणिज्य संघले वेवास्ता गरेको गुनासो गरेका छन् । व्यवसायीहरुको हकहित भन्दा पनि वाणिज्य संघ व्यक्तिगत स्वार्थमा केन्द्रित भएका कारण आफुहरु माथि नेतृत्वले उपेक्षामा गरेको उनीहरुको भनाई छ । व्यवसायीहरुले अहिलेको अधिवेशनमा अल्लि फरक किसिमको नेतृत्व छान्न महाशिलाले भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार शिव शर्मा पौडेलले व्यवसायीको हकहितमा काम गर्न आफुले उम्मेदवारी दिएको बताउनु भयो । पौडेलले आफ्नो प्रतिवद्धता सुनाउँदै उद्योग वाण्ज्यि संघलाई सात वटै पालिकामा विकेन्दीत बनाउने बताउनु भयो । उहाँले १० लाख बरावरको व्यवसाय बिमा,१० करोड बरावरको व्यवसाय विस्तार कोष लगायतका आफ्ना योजना सुनाउनु भएको थियो । व्यावसायीहरु पौडेलका प्रतिवद्धता पश्चात व्यवसायीको हितमा काम गर्ने नेतृत्व खाजेको भन्दै ढुक्क हुन आग्रह गरेका थिए ।

त्यस्तै पैयु गाउँपालिकाका व्यावसायीसँग बृहत अन्तरक्रिया तथा व्यापक छलफल कार्यक्रममा सम्पन्न भएको छ ।

पैयु उद्योग वाणिज्य संघ उपशाखाद्धारा आयोजित सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष खेगेन्द्रप्रसाद तिवारीले उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुको साझा संस्था भएको बताउँदै व्यवसायीहरुको हितमा काम गर्ने योग्य मान्छेलाई जिताउन आग्रह गर्नुभयो । ‘मैले शिव जि प्यानलको घोषणा पत्र पढिसके । सानो देखी ठुला व्यवसायको हितमा छन् । उहाँ काम गर्ने मान्छे हो । तपाईहरुले यस्तो योग्य र कर्मठ व्यक्तिलाई गुमाउनु हुन्न ।,’–उनले भने ।
अध्यक्ष पदका उम्मेदवार पौडेलले आफ्ना प्रतिवद्धता सुनाउनु भएको थियो ।यस्ता छन् पौडेलका प्रतिवद्धता ः
– उद्योगी व्यवसायीहरुको हकहित तथा व्यापार व्यवसायको प्रबद्र्धनमा सक्रियताका साथ काम गर्ने ।
– आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने ।
– उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै त्यहाँका कागजी तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने ।
– पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका पाँच स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने ।
– पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरी तिनीहरुको प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल र समन्वय गर्ने ।
– साना उद्यमी तथा व्यवसायीहरुलाई मसिन, औजार, तालिम लगायतमा यथेष्ट सहयोग गर्ने ।
– प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने ।
– व्यवसायी र सरकारी निकायबीचको सम्बन्धलाई समानुपातिक रुपमा सुमधुर बनाई व्यवसायीलाई हौसला प्रदान गर्ने ।
– पर्वतलाई पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु जोड्न, पर्यटकहरुलाई कुस्मामै बास बस्ने बनाउन, पर्यटन व्यवसायमा लगानी बढाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्ने ।
– पर्वतको पर्यटकीय आनन्दलाई प्याकेजमा उपलब्ध गराउन सञ्चालक वा सम्बन्धित निकायसँग समन्वय गर्ने ।
– बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने ।
– खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने ।
– आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने ।
– कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने ।
– लप्सी, सुन्तला, कफी, अदुवा लगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्ने र उद्योगबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने ।
– पर्वत उद्योग वाणिज्य संघमा व्यवसायीहरुको विवरण राख्ने तथा नवीकरण गर्ने कार्यलाई थप व्यवस्थित गरिनेछ ।
– पर्वत उद्योग वाणिज्य संघले प्रत्येक वर्षमा प्रकाशन गर्ने स्मारिका हरेक वर्षमा प्रकाशन गरिनेछ । उक्त स्मारिकामा सम्पुर्ण व्यवसायीहरुको सम्पर्क नम्बर सहितको नामावली प्रकाशन गरिनेछ । त्यसैले गर्दा व्यवसायीलाई जिल्लाव्यापी व्यवसाय प्रर्वद्धनका लागि सहज वातावरण बनाइनेछ ।
– महामारीको कारणवश यदि महिनौसम्म उद्योग व्यापार, व्यवसाय चल्न नसक्ने स्थिती सिर्जना भएमा घरधनीहरुसँग समन्वय गरी घर भाडामा सहुलियत प्रदान गर्न थप पहल गरिनेछ ।
– उद्योगी व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा बैंक तथा वित्तिय संस्थाबाट लिने कर्जामा सहुलियत प्रदान गर्न वाणिज्य संघको तर्फबाट विशेष पहल गरिनेछ ।
– अन्तर्राष्ट्रिय पर्वत समाज तथा गैह्र आवासीय नेपाली संघसँग समन्वय गरी जिल्लामा लगानीको वातावरण भित्राउन विशेष पहल गरिनेछ ।
– जिल्लामा रहेका पालिकाहरुमा उपशाखाहरुको गठन प्रक्रिया तत्काल अगाडि बढाइनेछ ।
– पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइनेछ । आगामी अबिधेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने छ ।
– प्रत्येक पालिकाहरुमा कर तिर्ने प्रणालीलाई व्यवस्थित गरिनेछ ।
– कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिनेछ ।
– महिला उद्यमी तथा युवा उद्यमीहरुका समस्याहरु समाधानका लागि पर्वत उद्योग वाणिज्य संघमा छुट्टै डेस्कको स्थापना गरिनेछ ।
– पर्वत उद्योग वाणिज्य संघमा सुझाव पेटिकाको स्थापना गरी प्रत्येक महिनाको १गतेदेखि ७ गतेसम्म सुझाव संकलन गरिनेछ र महिनाभर ती समस्याहरुको समाधान गर्न पहल गरिनेछ ।
– व्यवसायीहरुबाट प्राप्त आम्दानीको रकमलाई फजुल खर्च घटाई उद्यमी केन्द्रित रही उत्पादनमूलक क्षेत्रमा खर्च गरिने छ ।
– पर्वत उद्योग वाणिज्य संघमा रहेको विद्यमान कोषलाई अभिबृद्धि गरि ५ करोड र प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने छ र त्यसबाट प्राप्त ब्याजको रकमबाट व्यवसायीको हकहित तथा न्यून स्तरको व्यवसायीहरुको आयआर्जनमा सहयोग गरिने छ ।
– बैंक तथा वित्तिय संस्थाहरुमा भएका केन्द्रिकृत खरीद प्रणालीलाई व्यवस्थित गरी जिल्लामा नै खरीद गर्ने वातावरण मिलाउन पहल गरिने छ ।
– पर्वत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु। १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिने छ ।
– सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका सामग्रीहरु खरीद गर्नका लागि स्थानीय स्तरमा पहल गरिने छ ।
– पर्वत उद्योग वाणिज्य संघका छुट्टै मोबाईल एप संचालन गरि उक्त मोबाईल एपबाट नवीकरण गर्न सकिने व्यवस्था गराइने छ ।
– व्यवसायीहरुको कर सम्बन्धि समस्या समाधान गर्नका लागि कर सहयोगी कर्मचारीको व्यवस्था गरिने छ ।
– विभिन्न कम्पनीहरुको आधिकारिक बिक्रेताको लागि पहल गरी आप्mनै जिल्लामा पहल गरी व्यवसायीहरुलाई प्रोत्सहान गरिने छ ।

व्यवसायीहले पैयुका व्यवसायीहरुलाई समेट्ने नेतृत्व आवश्यक परेको बताए । उद्योग वाणिज्य संघमा विशुद्ध काम गर्ने नेतृत्व आवश्यक रहेको उनीहरुले जोड दिएका थिए ।कार्यक्रममा एक सय भन्दा बढि व्यवसायीहरुको उपस्थिती हरेको थियो । दुई दर्जन भन्दा बढि व्यवसायीले विविध विषयमा रहेर प्रश्न सोधेका थिए । कार्यक्रम स्थालमा प्रत्येक व्यवसायीहरुलाई प्रतिवद्धता पत्र वितरण गरिएको थियो । प्रतिबद्धता वितरण पश्चात व्यवसायीहरुले प्रतिवद्धता अनुसार काम गर्नुपर्ने माग गरेका थिए । उनीहरुले प्रत्येक उपशाखामा २० लाख बरावरको अक्षकोष स्थापना गर्ने, व्यवसाय नविकरण पालिका मार्फत गराउने, व्यवसाय विमा जस्ता कार्य अनुकरणीय रहेको बताउँदै खुशी व्यक्त गरेका थिए ।

पैयु उद्योग वाणिज्य उपशाखाका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सदस्य पदका उम्मेदवार मोहन आचार्यले गर्नुभएको थियो । आउँदो चैत्र ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघको १७ औँ अधिवेशनको बामपन्थी विचारधारावाट गोपी अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज मोदी गाउँपालिकामा पुगेर व्यवसायीहरु सँग मत माग्नुभएको छ ।

प्रकाशित मिति २८ फाल्गुन २०७७, शुक्रबार १३:५०