समाजसेवी गुरुङद्धारा वाद्यवादन सामग्री सहयोग

पातीचौर (पर्वत), २९ फागुन । समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले मोदी गाउँपालिका–५ बाजुङमा संचालित मिलन बहुउद्देश्यीय महिला कृषक समूहलाई वाद्यवादन सामग्री सहयोग गर्नुभएको छ । विभिन्न शुभकार्यमा भजनकीर्तन तथा नाचगानका लागि आवश्यक पर्ने वाद्यवादन सामग्री समाजसेवी गुरुङले महिला समूहलाई सहयोग गर्नुभएको हो ।
उक्त कार्यक्रम महाशिवरात्री पर्वको अवसरमा ओमकारेश्वर शिव मन्दिरमा आयोजित विशेष कार्यक्रममा वाद्यवादन सामग्री हस्तान्तरण गरिएको हो । मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङले महिला कृषक समूहकी अध्यक्ष विष्णुमाया अधिकारीलाई वाद्यवादन सामग्री हस्तान्तरण गर्नुभयो । त्यस्तै, समाजसेवी गुरुङले शिव मन्दिरका पुजारी वृद्धनाथ योगीलाई पुजारी पोशाक समेत हस्तान्तरण गर्नुभएको छ ।


समूहका सल्लाहकार अमर अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिव मन्दिरलाई समूहको तर्फबाट आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो । शिव मन्दिरको पुनर्निर्माणको परिकल्पना एवं अगुवाइ समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले गर्नुभएको थियो । हालै गठन भएको महिला कृषक समूहले दुई सातासम्म सरसफाइ अभियान समेत सञ्चालन गरेको थियो ।
दुर्गा गुरुङ ‘मिलन’ एक समाजसेवी हुन् । गुरुङ हाल हङकङमा बस्दै आउनु भएको छ । प्रवासमा भएपनि गुरुङले व्यक्तिगत खर्चमा बाजुङमा विकास निर्माणदेखी थुपै सामजिक काम गदै आउनु भएको छ ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार ००:२३