डिभिजन वन कार्यालय पर्वतको  अनुरोध

वन फाड्ने, वन क्षेत्रमा खनजोत गर्ने, खनिज उत्खनन् गर्ने, पूर्वाधार तथा घर टहरा बनाउने, व्यवसाय संचालन गर्ने, विना इजाजत राष्ट्रिय वन, निजि वन तथा निजी आवादी समेतका वन पैदावार कटान, संकलन र ओसारपसरा गर्ने सवै कार्य वन अपराध हुन् ।

यस्ता कार्य गरेमा वन ऐन, २०७६ वमोजिम वरामद वन पैदावारको विगो जफत गरी अधिकत्म पाँच बर्ष सम्म कैद वा दश लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

त्यसैले उक्त निषेधित कार्यहरु नगर्न नगराउनु हुन सबैमा अनुरोध गरिन्छ ।

सम्पर्कका लागि
डिभिजन वन कार्यालय, पर्वत फोन नं. ०६७–४२०१३५

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार ००:४६