एकै परिवारका दाजु र भाइलाई डेट गरिरहेका थिए सारा अली खान र जान्हवी कपूर

नेपाली नेपाली । बलिउड फिल्म उद्योगमा यतिबेला नयाँ कलाकारहरुको बोलबाला चलिरहेको छ । अभिनेत्री सारा अली खानका दुईवटा फिल्म मात्रै रिलिज भएका छन् । तर बलिउडमा उनका प्रशंसकहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

यस्तै फिल्म ‘धडक’ बाट डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूर यतिबेला फिल्म ‘तख्त’ र गुञ्जन सक्सेनाको बायोपिक मार्फत दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् ।

बलिउड फिल्म उद्योगमा सारा अली खान र जान्हवी कपूरलाई एकअर्कासँग तुलना गर्दै कैयौं खबरहरु आइरहन्छन् । यसैबीच उनीहरु कुनै समय एकै परिवारका दाजु र भाइसँग प्रेम सम्बन्धमा रहेको खबर पनि सार्वजनिक भएको छ ।

सारा अली खान भारतीय कांग्रेस पार्टीका एक नेताका नाति वीर पहाडियाको प्रेममा थिइन् भने अभिनेत्री जान्हवी कपूर वीरका भाइ शिखर पहाडियालाई डेट गरिरहेकी थिइन् ।

सारा अली खान स्वयंले एउटा कार्यक्रममा आफू एक समय प्रेम सम्बन्धमा रहेको कुरा बताएकी थिइन् । साराले आफूले डेट गरिरहेका व्यक्ति कांग्रेसका नेता एवम् पूर्व केन्द्रिय गृहमन्त्री सुशील कुमार शिन्देका नाति वीर पहाडिया रहेको बताएकी थिइन् ।

प्रकाशित मिति १६ माघ २०७५, बुधबार ११:४०