दक्षिणका व्यवसायी खुलेर शिव शर्मा पौडेलको नेतृत्वलाई भोट माग्न थाले, सक्षम र योग्य उम्मेदवार पाएकोमा व्यवसायी खुशी

फागुन २९, पर्वत । पर्वत उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन चैत ७ मा हुँदैछ । पर्वतमा निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार तिव्र हुँदैछ । शिव शर्मा पौडेल र गोपी अधिकारीको प्यानल जिल्लाका विभिन्न स्थानमा पुगेका छन् । दक्षिणी पर्वतको महाशिला र पैयुँका व्यावसायी संग मत माग्न पुगेका शिव शर्मा पौडेलको टोलीलाई यसपाली जसरी पनि विजयी गराउने बाचा दिएका छन् । विगतका नेतृत्वले आफु नेता मात्रै बन्ने तर व्यावसायीक हितमा काम गर्न चासो नदिएको भन्दै यसपाली व्यावसायिक हितमा काम गर्ने उम्मेदवार पौडेल भएको हुनाले यसपाली पौडेलको टिमलाई विजयी गराउने बताएका हुन् । महाशिला गाउँपालिका र पैयुँ गाउँपालिकामा पुगेका जिल्लाका व्यावसायी संग आफ्ना गुनासो सुनाउँदै त्यहाँका व्यावसायीले पर्वत उद्योग वाणिज्य संघमा अहिले सम्म काम गर्ने मान्छे नआएको बताएका छन् । ‘हामीले मत दिएर जहिले पनि नेता बन्ने मान्छेमात्रै छानेछौँ,’ हुवासका एक व्यावसायीले भने,‘ यो पाली भने हाम्रा पक्षमा काम गर्ने मान्छे छान्ने हो ।’ उनले शिव शर्मा पौडेल दुख गरेर स्थापित भएका व्यावसायी रहेको हुनाले आफुहरुका समस्या प्रति जिम्मेवार रहेको बताए । पैयुँ र महाशिला पछि विहादी गाउँपालिकामा पुगेको टोलीले यहाँ पनि व्यावसायीको घरदैलोमा पुगेर उहाँहरुका समस्या सुनेको छ । पर्वत उद्योग वाणिज्य संघमा साझा रुपमा काम गर्ने व्याक्ति ल्याउने विहादीका व्यावसायीहरुले प्रतिबद्धता जनाएका छन् ।

सुविधा र विकास सदरमुकाम केन्द्रित हुँदै आएको बताउँदै बिहादीका व्यावसायीले आफ्ना समस्याहरु समाधान गर्न पौडेल पक्षले स्पष्ट मार्गचित्र सहित मैदानमा आएकाले उनको टोलीलाई जिताउने बताएका छन् ।
आगामी चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवशर्मा पौडेललाई प्रजातान्त्रिक तथा साझा चरित्रका व्यावासायीहरुको समर्थन छ । तर अध्यक्षका अर्का उम्मेदवार गोपी अधिकारीलाई नेकपाको साझा उम्मेदवारको रुपमा स्विकार गर्न व्यावसायी तयार छैनन् । केन्द्रमा नेकपा पार्टीमा एकिकृत पार्टी विभाजन भएर दुई तिर छ । एमाले र माओबादी केन्द्रमा विभाजित भैसकेपछि आधिकारिक उम्मेदवारको विवाद अधिकारी समूहमा देखिएको छ । एमालेको आधिकारिक उम्मेदवार नभएका कारण अधिकारीलाई प्रगतिशिल व्यावसायी सबैले मत जाहेर गर्न हिच्किचाईरहेका छन् । अधिकारी माओबादी केन्द्रका उम्मेदवार हुन् । एमालेको आधिकारिक उम्मेदवार नभएका कारण एमाले निकटले सहजै अधिकारीलाई मत दिन्नन भन्ने एमाले बृतमै वहष हुने गरेको छ ।


उद्योग वाणिज्य संघमा विजयी गराएमा उद्योग वाणिज्य संघलाई साझा चरित्रको संस्था बनाउने, आर्थिक पारदर्शिता अपनाउने, सबै पालिकामा उद्योग वाणिज्य संघको शाखा बिस्तार गर्ने, व्यावसाय दर्ता र नविकरणमा सरल विधिको सुरुवात गर्ने लगायत जिल्लाको पर्यटन विकास तथा व्यावसायिक प्रतिष्ठानहरुको विकासका काम गर्ने शिव शर्मा पौडेल पक्षको एजेण्डा छ । दक्षिणी क्षेत्रको चुनावी प्रचारमा पुगेका पौडेल पक्षका व्यावासायीहरुले अहिले एकजुट भएर मैदानमा आएकाले अर्को शक्तिलाई सहजै पराजित गर्ने विश्वासमा रहेका छन् ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार १०:३८