पर्वतमा लगानी गर्न प्रवासी पर्वतेलीलाई काँग्रेस नेता जोशीको आग्रह

पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्र्जुनप्रसाद जोशीले पर्वत जिल्लामा लगानी गर्न प्रवासीहरुलाई आह्वान गर्नुभएको छ । हाम्रा बिसौनी संवाद शृंखला मार्फत ‘पर्वतको विकासमा पूवासी पर्वतेलीको चाहाना र अवसर’ विषयक कार्यक्रममा बोल्दै जोशीले ंंजिल्लाको सम्भावना बारे जानकारी गराउँदै पर्वत जिल्लामा लगानीको अवसर प्रशस्त भएकाले प्रवासी पर्वतेलीहरुलाई आह्वान गर्नुभएको हो ।
नेता जोशीले जिल्लामा मुख्यगरी पर्यटन कृषिजन्य, जलविद्युत् तथा खानीमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पर्वतमा हाइड्रो, केबलकार, स्टार होटल तथा सुपर मार्केट, कृषि उद्योग सञ्चालनका लागि प्रशस्त मार्ग रहेको जिकिर गर्नुभयो । जोशीले स्थानीय तहका प्रमुख सडक सञ्जाल र विद्युतको अवसर सबैतिर पुगेको भन्दै अब जिल्लामा सम्भावित उत्पादन र तिनको प्रशोधन गरेर उद्योग सञ्चालन गर्नुपर्ने बताउनु भयो । पर्वत जिल्लाको समृद्धि र विकासका निम्ति प्रवासी पर्वतलेहरुले प्रशस्त मात्रामा लगानी गरेको भन्दै आगामी दिनमा उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख सल्लाहकार हितकाजी गुरुङले पर्वत जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानीमैत्री बातावरण भए लगानी गर्न इच्छुक रहेको बताउनु भएको थियो । तर, अहिले राजनीतिक अस्थिरता सँगै तीन तहको सरकारको नयाँ नयाँ कानुनी अड्चन मुख्य समस्याका रुपमा देखिएको उहाँको गुनासो थियो । लगानीको वातावरण बनाए तीन तहको सरकारले कानुनी र प्रक्रिया झंझट आवश्यक कदम चालेमा हाइड्रो, केबलकार, होटल तथा सुपर मार्केट, कृषि उद्योग सञ्चालनका लागि प्रवासीहरु तयार रहेको गुरुङले बताउनु भयो ।

उक्त कार्यक्रम गुणराज शर्मा ‘गुराँश’ र मणि भुर्तेलले संचालन गर्नुभएको थियो । पर्वत जिल्लाको समृद्धि र विकासमा पर्वतेली को चाहाना र अवसरका विषयमा कार्यक्रम संचालन आईरहेको छ । उक्त कार्यक्रम हाम्रो बिसौनी पेज र गण्डकी संचार नामक पेजवाट प्रत्यक्ष हेर्न र सुन्न सकिन्छ ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार १५:२९