पर्वत उद्योग बाणिज्य संघ निर्वाचनः पैयुं उपशाखाका अध्यक्ष श्रेष्ठले व्यवसायीसंग खुलेरै शिव पौडेल प्यानललाई भोट मागे

पर्वत :यहि चैत्र ७ गते हुन लागेको उद्योग बाणिज्य संघ पर्वतको निर्वाचनको रस्साकस्सी चलिरहेको बेला शिव शर्मा पौडेल नेतृत्वका साझा व्यवसायीहरुको प्यानल चुनावी प्रचार अभियानमा दक्षिण पर्वतका महाशिला, पैयुं र बिहादी गाउँपालिकाका व्यवसायीहरुको भेटघाट सकेर सदरमुकाम फर्किएको छ ।
बिभिन्न व्यवसायीहरु भेटघाटसंगै उनिहरुका गुनासा सुन्ने क्रममा पैयुं उपशाखामा आयोजित कार्यक्रममा स्थानीय व्यवसायीहरुले वर्तमान र विगतका केहि नेतृत्वसंग चरम असन्तुष्टी रहेकोले अब हाम्रालाई नभएर राम्रा उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा पैयुं उपशाखाका अध्यक्ष कृष्ण श्रेष्ठले हालसम्म नाम मात्रैको उपशाखा भएको, नेतृत्वले चासो नदिएको, उपशाखा भएर पनि अधिकार नपाईएको लगायतका गुनासा राखे । उनले उपशाखालाई अधिकार सम्पन्न बनाउन, व्यवसाय नविकरण उपशाखाबाटै गराउन लगायतका सुविधाका लागि शिव शर्मा पौडेल प्यानललाई सहयोग गर्न सबै व्यवसायीलाई आग्रह गरे । हामीले अहिले पनि व्यवसाय नविकरण, कर चुक्ता लगायत काममा कुश्मा नगई नहुने अवस्था छ, उनले भने,अहिलेसम्म हाम्रा उम्मेदवार भन्दै झुक्कियौं । अब राम्रो काम गर्नेलाई सहयोग गर्नुपर्छ । यस प्यानललाई सहयोग गर्न सबै व्यवसायी लाग्नुपर्छ ।Õ श्रेष्ठ शिव शर्मासंगै उनको प्यानललाई भोट माग्न मतदाताका घरदैलोमा समेत डुलेका थिए । उपशाखा बिस्तार भएको अवस्थामा स्थानीय व्यवसायीका समस्या समाधानका लागि अधिकार पाउनुपर्नेमा सबै अधिकार कुश्मा केन्द्रित भएकोमा उनले चरम असन्तुष्टी व्यक्त गरेका थिए ।
उपस्थित सय भन्दा धेरै व्यवसायीहरुले अहिलेसम्मको नेतृत्वले बिशुद्ध व्यवसायीको हितमा नभएर राजनीतिक दलको भातृ संस्थाका रुपमा भुमिका निभएको । आस्थाकै आधारमा व्यवसाय दर्ता तथा नविकरण नगरिदिएको, संघमा आउने हरेक सेवासुविधा कुश्माकेन्द्रित गरेको लगायतका गुनासा गरेका थिए । सहभागिमध्येका व्यवसायी कृष्ण प्रसाद भुर्तेलले हरेक क्षेत्रमा पछाडी परेको पैयुं पालिकामा सÐसानो व्यवसाय गर्नेहरुले पाउनुपर्ने न्यूनतम सुविधा समेत नपाएको गुनासो गरे । उनले उद्योग बाणिज्य संघमा यसअघिका नेतृत्वहरुले पैयुंबासीलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरेकोले अब आफुहरुले फरक नेतृत्व चाहेको बताए । अब हामीले यस क्षेत्रलाई समेत सम्बोधन गर्ने नेतृत्व चाहेका छौं । त्यसका लागि यो समुह प्रतिवद्ध हुनुप¥यो ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार शिव शर्मा पौडेलले सÐसाना व्यवसायीको हितमा काम गर्ने र व्यवसायीलाई अभिभावकत्व ग्रहण गर्न यसपाली साझा समुह अघि सरेको बताए । उनले पैयुं क्षेत्रको विकासका लागि समेत आफ्नो समुहले थुप्रै योजना ल्याएको दाबी गरे । आफुले जनाएका प्रतिवद्धता पुरा नभएमा मतदातासमक्ष क्षमा माग्दै जुनसुकै बेला पनि नेतृत्व छोड्न तयार रहेको बताउँदै पौडेलले यसपाली काम गर्ने बातावरण बनाउनेगरि मतदान गर्न व्यवसायीलाई आग्रह गरे ।

प्रकाशित मिति १ चैत्र २०७७, आईतवार ०३:०१