व्यवसायी भन्छन्–‘शिव शर्मा पौडेल नै योग्य र सक्षम उम्मेदवार’

पर्वत । उद्योग वाणिज्य संघको निर्वाचनका क्रममा व्यवसायीहरुको घरआँगनमा पुगेका शिव शर्मा पौडेल नेतृत्व टोलीलाई व्यवसायीहरुले ढुक्क भएर अगाडि बढ्न आग्रह गरेका छन् । विगतको निर्वाचनमा बाम गठबन्धनलाई सहयोग गरेको भएपनि उद्योग वाणिज्य संघ व्यवसायीहरुको हकहितमा भन्दा पनि व्यक्तिगत र दलगत स्वार्थमा केन्द्रित भएको उनीहरुको गुनासो छ । ‘यत्रो लकडाउन भयो । व्यवसायीहरु चर्का मारमा परे । व्यवसायी सँग कर उठाईयो । मेला महोत्सवमा हुने आम्दानी गुपचुप राखियो,’–एक व्यवसायीले भने,‘सँधै बाम गठबन्धनको नारा लगाएर व्यवसायीहरुलाई झुक्काउने काम भयो ।’ विगतमा सबै कुराले बामगठबन्धनलाई सहयोग गरेपनि अहिलेको परिस्थितीमा सक्षम र योग्य उम्मेदवार खाजेको कार्कीनेटाका व्यवसायीहरुको भनाई छ ।

पौडेल नेतृत्वले आईतवार कुश्मा नगरपालिका–११ सिल्मी, १२ ठुलीपोखरी,१३ खौलालाँकुरी र फलेवास नगरपालिका १ देखी ६ नम्वर वडाका व्यवसायीहरुलाई भेटर आफ्ना प्रतिवद्धता सहित भोट मागेको थियो । फलेवास नगरपालिकाका व्यवसायीहरुले अहिलेको निर्वाचनमा उद्योग वाण्ज्यि संघमा हुने अनियमितता, भष्ट्राचार र बेतिथी बिरुद्ध लड्ने र बोल्ने उम्मेदवार शिव शर्मा पौडेल नै भएकाले यसपाली जित सुनिश्चित भएको प्रतिक्रिया दिएका थिए । साथै व्यवसायीहरुले आफ्ना समस्या पनि सुनाएका थिए ।

समस्या सुनेपछि अध्यक्ष पदका उम्मेदवार पौडेलले व्यवसायीका समस्या न्यूनिकरण गर्न र हकहितमा काम गर्न उम्मेदवारी दिएको बताए । उनले पर्वत उद्योग वाणिज्य संघमा रहेको विद्यमान कोषलाई अभिबृद्धि गरि ५ करोड र प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने छ र त्यसबाट प्राप्त ब्याजको रकमबाट व्यवसायीको हकहित तथा न्यून स्तरको व्यवसायीहरुको आयआर्जनमा सहयोग गर्ने, बैंक तथा वित्तिय संस्थाहरुमा भएका केन्द्रिकृत खरीद प्रणालीलाई व्यवस्थित गरी जिल्लामा नै खरीद गर्ने वातावरण मिलाउन पहल गर्ने,उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिदिने र पर्वत उद्योग वाणिज्य संघका छुट्टै मोबाईल एप संचालन गरि उक्त मोबाईल एपबाट नवीकरण गर्न सकिने व्यवस्था मिलाउने जस्ता महत्वपूर्ण प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

आगामी चैत्र ७ गते हुने निर्वाचनमा व्यवसायीहरुको साझा समुहवाट शिव शर्मा पौडेलले उम्मेदवारी दिनुभएको छ । त्यस्तै बाम गठबन्धनवाट गोपी अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । अधिकारीले पनि प्रचारप्रसारलाई तिव्र पार्नुभएको छ ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार ०१:३३