कृषि ज्ञान केन्द्र समग्र कृषिको यथार्थ तथ्यांक सार्वजनिक गर्ने तयारीमा

चैत्र २, पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले स्थानीय तहका प्राविधिक तथा सरोकारवालाहरुका बिचमा समन्वयात्मक अन्तरक्रिया गरेको छ ।

जिल्लाको समग्र कृषि जगतको वस्तुस्थिती, प्राविधिकहरुका समस्या, स्थानीय तहका कृषि संग सम्बन्धित कार्यक्रम, आगामी दिनमा गर्नुपर्ने कार्य तथा तीनै तहका सरकारकोधन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले जिल्लाको समग्र कृषिको तथ्यां बिचमा गर्नुपर्ने समन्वयात्मक सहकार्यका बारेमा अन्तरक्रिया गरिएको छ । प्राविधिक कर्मचारीहरुलाई सम्बा क निकाल्न निर्देशन दिनुभयो । तथ्यांक र मार्गचित्र बिना कुनै पनि काम गर्न समस्या हुने र त्यसको उपलब्धी मापन गर्न समस्या हुने भएकाले तथ्यांक यकिन हुनुपर्ने बताउनुभयो । जिल्लामा कृषिको राम्रो संभावना पनि रहेको र वर्षेनी कृषिमा ठूलै आकारको बजेट खर्च भएपनि अझै हामी कृषि उपजमा परनिर्भर हुनु ज्यादै दुखद कुरा भएको पौडेलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देबि पाण्डे खत्रीले सार्वजनिक सेवा र सुसासन कायम गर्न प्रशासनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रजिअ खत्रीले सेवाग्राहीलाई पस्किने सेवामा सरलता र कारोवारमा पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले कृषि उत्पादन, जमिनको उपयोगिता, कुल ग्राहस्थ उत्पादनमा जिल्लाको अवस्था, भूगोल अनुसारको खेतीपातीको अवस्था देखि कृषकको बर्गिकरण गर्ने सम्मका काम गर्न थालिएको जानकारी दिनुभयो । अहिले सम्म यकिन तथ्यांक नहुँदा कृषिमा कार्यक्रम कार्यान्वयन गर्दा समस्या भैरहेकोले यकिन तथ्यांक राख्ने गरि कार्यालयले काम अगाडी बढाएको र त्यसका लागि स्थानीय तहका प्राविधिकले सहयोग गर्ने विश्वास थापाले ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान तथा मकै जोनका प्रमुख धनबहादुर थापा, पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख राम्जीप्रसाद शर्मा, कृषि प्राविधिक नारायणप्रसाद पौडेलले कृषिमा रहेका विभिन्न समस्या र प्रगतिका पक्षमा आफ्ना धारणा राख्नुभयो । कार्यक्रममा स्वागत कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत नमोनारायण शर्माले गर्नुभएको थियो भने सञ्चालन कृषि प्रसार अधिकृत विश्वास काफ्लेले गर्नुभएको थियो ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार ०१:५५