भारत र इङ्ग्ल्याण्डबीचको टी-२० का बाँकी खेल बन्द र‌ङ्गशालामा हुने

काठमाण्डौ । भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी(२० खेल बन्द रङ्गशालामा हुने भएका छन् । गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो । यसअघि भएका दुई वटा टी–२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो । खेल हेर्नका लागि यसअघि खरिद भएका टिकटको रकम फिर्ता गर्ने गुजरात क्रिकेट सङ्घले जनाएको छ।

गुजरात क्रिकेट सङ्घले बीसीसीआईसँगको छलफलपछि खेल बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय गरेको हो । भारत र इङ्ग्ल्याण्डबीच आज एउटा खेल हुनेछ भने बाँकी दुई खेल बिहीवार र शनिवार अहमदाबादमा हुनेछ । पाँच खेलको टी(२० श्रृङ्खलामा एकरएकको बराबरीमा छ ।

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार ०१:४९