नेपाली आवाज । इंग्लिस प्रिमियर लिगमा आर्सनलले कार्डिफ सिटीलाई दुई एकले हराएको छ । बुधबार बिहान भएको खेलमा आर्सनलको जितमा पिएरे एमरीक र लाकाजाटेले एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६६ औं मिनेटमा पिएरेले गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा लाकाजाटीले टिमकालागि दोस्रो गोल गरे । खेलको अन्तिम समयमा कार्डिफका लागि लेइङले एक गोल फर्काए पनि हारबाट टार्न सकेनन् ।
प्रकाशित मिति १६ माघ २०७५, बुधबार ११:५५