‘सी’ डिभिजन लिग : वीरगञ्ज र चर्च ब्वाइज विजयी

काठमाडौँ । वीरगञ्ज युथ युनाइटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सी डिभिजन लिगमा बुधवार जित निकालेका छन् । सातदोबाटोको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई एक–शून्यले पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन–एकले स्तब्ध बनाएको हो ।

वीरगञ्जलाई जिताउनका लागि कप्तान कृष्ण शाक्यले ५३ औँ मिनेटमा गरेको गोल निर्णायक भएको थियो । अर्को खेलमा चर्च ब्वाइजलाई सुखद नतिजा दिलाउन सोम थापाले ५२ औँ, साइमोन लिम्बुले ८८ औँ तथा इन्द्र जुङ लिम्बुले इन्जुरी समयमा एकरएक गोल गरेका थिए । प्लानिङका लागि कृष्ण गिरीले ५५ औँ मिनेटमा गोल फर्काएका थिए ।

बुधवार भएका खेलमा जित निकालेका वीरगञ्ज र चर्च ब्वाइजले जारी लिगमा लगातार दोस्रो जित निकालेका हुन् ।

लिगमा बिहीवार पनि दुई खेल हुनेछन् । पहिलो खेल खालीबारी युथ फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा दोस्रो खेल ओएसिस क्लब र स्वयम्भू क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल एन्फा मुख्यालयमा हुनेछन् ।

प्रकाशित मिति ४ चैत्र २०७७, बुधबार १४:५२