आफ्ना प्रतिवद्धता लिएर शिव शर्मा पौडेल नेतृत्वको टोली गाउँगाउँमा

चैत्र ४, पर्वत । पर्वत उद्योग वाणिज्य संघ आगामी नेतृत्व हात पार्न शिव शर्मा पौडेल नेतृत्वको व्यावसायिक तथा साझा समूहले तयारी तिव्र पारेको छ । यो समूहले चुनावी प्रचारप्रसार संगै विभिन्न खाले तयारी समिति गठन गरेर निर्वाचनको नतिजा आफ्नो पडकमा पार्ने दाउमा रहेको छ । आज बसेको सरोकारवालाहरुको बैठकमा निर्वाचन सम्पन्न गर्न र आफ्नो पक्षमा नतिजा ल्याउन आन्तरिक तयारी गरिएको छ । सबै पालिकामा परिचालन हुने गरि प्रतिनिधी परिचालन गरिएको छ । व्यवसायिक साझा प्यानलमा रहेका उम्मेदवारहरुले यसवर्ष व्यावसायीहरुले विवेकका साथ मत प्रयोग गर्ने निष्कर्ष निकालेका छन् । व्यावसायिक हकहितको संरक्षण र अनुसासित नेतृत्वका लागि शिव शर्मा पौडेलको प्यानल लाई विजयी गराउनुपर्ने सहभागीले बताएका छन् ।

कार्यक्रममा सहभागी भएका राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, व्यावसायीहरु, पत्रकारहरुले आफ्ना सुझाव राख्नुभयो । पर्वत उद्योग वाणिज्य संघ सबै बजार देखि गाउँका कुनासम्मका व्यावसायीहरुको साझा थलो बनाउन, सबै व्यावसायीहरुको पहुँच हुने खालको बनाउन, सातै स्थानीय तहमा शाखा बिस्तार गर्न र संस्थामा रहेको एकलौटीपन र हैकमबाद त्याग्न शिवशर्मा पौडेलको नेतृत्वको समूह विजयी हुनुपर्ने सहभागीले बताएका छन् । पौडेलको प्यानललाई नेपाली काँग्रेस, राप्रपा, समाजबादी लगायतका दलहरुले समर्थन जनाएका छन् । दलीय समर्थन, भेग मिलाएर उम्मेदवार खडा भएको, स्वच्छ छवि भएका उम्मेदवार रहेका कारण पौडेलको प्यानलले वहुमतका साथ नेतृत्व हात पार्ने दाबी गरिएको छ । दलिय एकता र अर्को प्यानलका असन्तुष्ट पक्षले पौडेललाई साथ र समर्थन गर्ने भएकाले यो कार्यकालमा उनको प्यानलका लागि सुवर्ण अवसर छ । अघिल्ला दुई कार्यकालका नेतृत्वले चुनावी बाचा र एजेण्डा कुनै पनि पुरा नगरेको आरोप लाग्दै आएको छ । त्यसैले पनि पौडेलको प्यानल लाई विजयी गराएर सवक सिकाउने दाउमा व्यावसायी रहेको स्रोतले जनाएको छ ।

यसैबिच पौडेल पक्षले आज जलजला गाउँपालिकामा चुनावी प्रचार कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघ जलजला शाखाले पौडेललाई समर्थन जनाएको छ । जलजलाको मिलनचोक, वारीबेनी, लस्ती, खनियाघाट, मोहनचोक, मालढुंगा लगायतका स्थानका व्यावसायीहरुले पनि उत्साहपूर्वक रुपमा यो समूहलाई समर्थन गरेका छन् । आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका पौडेल समूहका दुई जनाको उम्मेदवारी फिर्ता भएको छ । हिजो आवश्यकभन्दा बढि २ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आज उम्मेदवारी फिर्ता गर्न दिएको समयभित्र दुई जनाको उम्मेदवारी फिर्ता भएको हो ।

प्रकाशित मिति ४ चैत्र २०७७, बुधबार १६:१६