गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा आज

नेपाली आवाज । धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार हुँदैछ ।

चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा चितवनका सांसद प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुधबार राष्ट्रिय सभागृमा धुर्मुस सुन्तलीको अभियानमा ऐक्यबद्धता जनाउँदै रंगशाला निर्माणको घोषणा गर्नेछन् ।

रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

चार महिनामा रंगशालाको डीपीआर तयार हुने बताइएको छ । त्यसपछि शिलान्यास हुनेछ र २ वर्षभित्र नेपालले पहिलो आधुनिक क्रिकेट रंगशाला चितवनमा पाउनेछ ।

प्रकाशित मिति १६ माघ २०७५, बुधबार १२:०७