पर्वतको खानीगाउँमा चैत्र ९ गतेदेखी १४ गतेसम्म रक्तदान,पुरुष भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम

पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा ६ दिने रक्तदान, खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । खानीगाउँ युवा समाजले चैत्र ९ गतेदेखी १४ सम्म बृहत रक्तदान, वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम–२०७७ को आयोजना गरिएको हो । खानीगाउँ युवा समाजले आफ्नो स्थापना दिवस सँगै होली पर्वको अवसरमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन शत्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण रक्तबैंकमा रगतको अभावमा बिरामीहरुलाई पर्न सक्ने सम्भावनालाई मध्येनजर गरि कार्यक्रमको आयोजना गरिएको रक्तदान संयोजक दिपक थापाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सेवा सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थापाले बताउनु भयो । रक्तदान कार्यक्रममा ७५ यूनिट रगत संकलन गर्ने लक्ष्य लिईएको रक्तदान सह–संयोजक सन्दिप शर्मा चपाईले जानकारी दिनुभयो । जिल्लाको ग्रामिण क्षेत्रमा पहिलो पटक रक्तदान कार्यत्रम आयोजना गरिएको चपाईले बताउनु भयो ।

सोही अवसरमा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको छ । चैत्र १० गतेबाट वडास्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु हुनेछन् । भलिवल प्रतियोगितामा पहिलो हुनेले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले १५ हजार ५ सय ५५ रुपैयाँ र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेल टिटि सिस्टमबाट खेलाईने छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको खानीगाउँ युवा समाजका सचिव साजन परियारले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन र समापन फलेवास नगरपालिका मेयर पदमपाणि शर्माले गर्नुहुनेछ ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार ००:५१