बैतडीका वडाध्यक्ष महिलासहित होटलबाट पक्राउ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ का वडाध्यक्ष एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष भरत महरा र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार ०५:३४