एकदिवसीय सिरीज गुमाइसकेकाे न्युजिल्याण्ड टी २० सिरीज जित्ने लक्ष्यमा

नेपाली आवाज । भारतविरुद्धको एक दिवसीय सिरिज दुई खेल अगाडि नै गुमाइसकेको न्युजिल्याण्डले टी–२० सिरीज जित्ने लक्ष्य लिएको छ । पाँच वटा एक दिवसीय सिरीज अन्तर्गत लगातार तीन खेलमा पराजित भएको न्युजिल्याण्डले ३–०ले सिरीज गुमाई सकेकाले अब टी–ट्वेन्टीमा फोकस हुने जनाएको छ ।

चौथो एक दिवसीय बिहीबार र पाँचौ तथा अन्तिम एक दिवसीय शनिबार हुने छ । एक दिवसीय सिरीज पछि न्युजिल्याण्ड र भारत तीन वटा टी–२० खेल्ने छन् । अर्को बुधबारबाट सुरु हुने टी २० का लागि न्युजिल्याण्डले बाँकी २ एक दिवसीय र टी–२० का लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

केन विलियमसनको कप्तानीमा घरेलु टोलीबाट २ जना युवा खेलाडीले डेब्यू गर्ने जनाइएको छ । अलराउण्डर डेरिल मिशेल र ब्लेर टिकनरलाई टिममा राखिएको छ । अलराउण्डर मिशेल हालै भएको बर्गर किंग्स सुपर स्म्यास क्याम्पेन तथा न्युजिल्याण्डको ए टिमबाट एक दिवसीय क्रिकेटमा शानदार प्रदर्शन गरेका थिए । यसैगरी टिकनरले लकी फग्र्युसनलाई रिप्लेस गर्ने छन् ।

प्रकाशित मिति १६ माघ २०७५, बुधबार १२:१०