महोत्सवको खर्च सार्वजनिक नगर्नेले कसरी व्यवसायिको हितमा काम गर्छन् ?


पर्वत,
विगतमा हरेक ३ वर्षमा पर्वत महोत्सव गर्दैआएका यसअघि उद्योग बाणिज्य संघमा हालीमुहाली गरेका नेतृत्वहरुले अहिलेसम्म महोत्सवको आयव्यय सार्वजनिक गर्न सकेका छैनन् । ठुला नारा दिएर आयोजना गरेका महोत्सवको आम्दानी र खर्च सार्वजनिक खै ? भनेर प्रश्न उठाएका छन् । महोत्सवमा सरकारी तथा गैरसरकारी निकाय, व्यवसायिक प्रष्ठिान तथा स्थानीय व्यवसायीहरुसंग समेत करोडौं रुपैयाँ उठाएर महोत्सव आयोजना गरेकोमा अहिलेसम्म ति महोत्सवहरुमा भएको आम्दानी सार्वजनिक भएको छैन ।
स्थानीय कला, संस्कृतीको पहिचान र पर्यटन प्रवर्धन गर्ने भन्दै आयोजना गरिएका महोत्सवबाट बचत भएको करोडौं रुपैयाँ अहिलेसम्म कता लगानी भयो भन्ने बारे संघभित्रैका केहि सदस्यहरुलाई समेत जानकारी छैन । विगतमा हरिओम शर्मा लामिछाने अध्यक्ष रहंदा ७३ साल माघ १२ गते देखी १८ गते सम्म आयोजित पर्वत महोत्सवको आय व्याय सार्बजनिक भएको छैन । वर्तमान अध्यक्ष केदारनाथ शर्माको कार्यकालमा ७६ साल माघ ९ देखी १९ गते सम्म संचालित महोत्सवको पनि आय व्याय सार्वजनिक भएको छैन । उक्त महोत्सवमा करिव एक करोडको हाराहारीमा रकम बचत भएको अनुमान गरिएको संघमा आवद्ध केहि सदस्यहरुको अनुमान छ ।
वर्तमान समितिमा केदारनाथ शर्मा अध्यक्ष बाहेक गोपी अधिकारी बरिष्ठ उपाध्यक्ष हुन् । त्यसअघिको नेतृत्वमा समेत बरिष्ठ उपाध्यक्ष रहेका अधिकारीले समेत महोत्सवको खर्च सार्वजनिक गरेमा आफुहरुले गरेको परिश्रम खेर जाने भन्दै खर्च सार्वजनिक गर्न आनाकानी गरेको पाइएको छ । घरेलु तथा साना उद्योग महासंघमा समेत अध्यक्षको नेतृत्व सम्हालेका अधिकारीले उक्त संघमा अध्यक्ष हुँदा समेत घरेलु महासंघबाट आएका बिभिन्न कार्यक्रम खर्च समेत कार्यक्रम नै नगरि ढिसमिस पारेको उनिनिकट केहि व्यवासयीको आरोप छ । शिव पौडेल अध्यक्ष हुँदा सुन्तला महोत्सव, व्यवासायीलाई तालिम, कालीगण्डकीमा ¥याफ्टीङ लगायतका कार्यक्रम भएकोमा अधिकारी अध्यक्ष हुँदा कुनै पनि कार्यक्रम नहुनुले घरेलु उद्योग महासंघलाई समेत अधिकारीले देखाउने दाँतका रुपमा प्रयोग गरेको व्यवसायीको आरोप छ ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार १५:५१