पर्वतको खानीगाउँमा रक्तदान कार्यक्रम सम्पन्न, ७८ युनिट रगत संकलन

पर्वत । पर्वतको खानीगाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँमा खानीगाउँ युवा समाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्त सञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । खानीगाउँ युवा समाजले आफ्नो स्थापना दिवस सँगै होवी पर्वतको अवसर पारेर बृहत रक्तदान, वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । समाजले कार्यक्रमको उद्घाटन सँगै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा ७८ युनिट रगत संकलन भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रगत अभाव भएको कारण ग्रामिण क्षेत्रमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा स्थानियको उत्साहजनक सहभागिता रहेको थापाले बताउनु भयो ।

कार्यक्रमको उद्घाट्न फलेवास नगरपालिकाका प्रमुख मेयर पदमपाणि शर्माले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मेयर शर्माले ग्रामिण क्षेत्रमा रक्तदान कार्यक्रम गर्नु आफैमा चु्नौतीपूर्ण रहेको बताउँदै खानीगाउँ युवा समाजले प्रशासंनिय कार्य गरेको बताउनु भयो । उहाँले युवाहरु खेलकुद सँगै रचनात्मक कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । फलेवास नगरपालिकाले नगरको समान्तर विकासमा जोड दिएको बताउँदै खानीगाउँको विकासलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली र फलेवास नगरपालिका–५ खानीगाउँका वडा अध्यक्ष दिपक शर्मा पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
खानीगाउँ युवा समाजको अध्यक्ष प्रकाश परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य रक्तदान कार्यक्रमका संयोजक दिपक थापा र कार्यक्रमको संचालन पत्रकार साजन परियार र सुरेश परियारले गर्नुभएको थियो । भोलीदेखी वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताका खेलहरु सुचारु हुने खानीगाउँ युवा समाजका उपाध्याक्ष सन्दिप शर्मा चपाईले जानकारी दिनुभयो ।

https://www.facebook.com/messenger_media/?thread_id=5382339495169337&attachment_id=204423591439444&message_id=mid.%24gABMfNZGrjTl-ia-61F4WGmFnfEvy

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार १३:२४