डा. केसीप्रति सरकारले उत्तर कोरियाली कम्युनिस्ट शासकले जस्तो व्यवहार देखायो : कांग्रेस

नेपाली आवाज । प्रमुख प्रतिपक्ष दल कांग्रेसले आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा। केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् ।

आफैँले गरेको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले उत्तर कोरियाली कम्युनिस्ट शासकले जस्तो डा। केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेकोमा उनको आपत्ति छ । बुधबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता शर्माले आगामी माघ २१ गते घोषित सरकारविरुद्धको आन्दोलनको कार्यक्रम पनि नरोकिने स्पष्ट पारे ।नयाँ पत्रिकावाट

प्रकाशित मिति १६ माघ २०७५, बुधबार १२:१८