नेवि संघ पर्वतद्धारा प्रधानमन्त्री केपी ओली विरुद्ध राँके जुलुस – प्रहरीद्धारा हस्तक्षेप

नेपाली आवाज । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्वतले सरकार बिरुद्ध सदरमुकाम कुश्मा बजारमा राँके जुलुस प्रर्दशन गरेको छ ।
सरकारले जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर, भ्रष्टाचार र महंगी नियन्त्रण गर, निर्मलाका बललात्कारी र हत्यारालाई कारबाही गर, अधिनायकवाद लाद्न पाइँदैन, केपी ओली मुर्दावाद लगायतका नारा लगाउँदै नेविसंघका नेता कार्यकर्ताले सदरमुकाम कुश्मा बजारमा राँके जुलुस प्रर्दशन सहित प्रधानमन्त्री केपी ओली विरुद्ध नारा जुलुस गरेका हुन् । राँके जुलुस गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रहरीको हस्तक्षेप अस्वीकार गदै नेवि संघ पर्वतले राँके जुलुस निकालेको हो ।

राँके जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि विद्यार्थीले बलजस्ती राँके जुलुस निकालेको नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलले जानकारी दिए । सरकारले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन नसकेको, गोविन्द केसीका मागप्रति वेवास्ता गरेको, जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गरेको, बलात्कारी र भष्ट्राचारीलाई संरक्षण गदै माफियाहरुलाई पोत्साहन गरेको भन्दै राँके जुलुस सहित नारा जुलुस गरेको पौडेलले बताए ।

नेविसंघले माफियाको ईशारामा पास भएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ । राँके जुलुसलाई सम्बोधन गदै नेपाल विद्यार्थी संघ पर्वतका नेता रामचन्द्र पौडेल (आर.सी)ले वर्तमान सरकारले भष्ट्राचारी, बलात्कारी र माफियाहरुलाई संरक्षण गरेको बताए । सरकार नागरिकका आवाजहरु दवाएर अधिनायकवाद तर्फ उन्मु्ख भइरहेको उनले बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका उपाध्याक्ष किशोर सुवेदी, नेपाल दलित संघ पर्वतका सभापति याम परियार‘शिव’, नेवि संघ फलेवास नगरपालिकाका संयोजक अध्यक्ष सन्तोष पाठक, नेवि संघ कुश्मा नगरपालिकाका संयोजक अजय पोख्रेल लगायतले सरकारका कामको विरोध गरेका थिए ।

प्रकाशित मिति १६ माघ २०७५, बुधबार १४:२५