घरेलु मैदानमा नेपाललाई ३७ वर्षपछि उपाधि

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन ।

सोमबार २–१ गोलले बंगलादेशलाई हराउँदै थ्री नेसन्स कपको उपाधि जितेपछि हर्षित नेपाली फुटबल टिम । तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुर

फरवार्डबिना नै खेलेजस्तो देखिएपछि टिमकै आलोचना भइरहेको थियो । अन्ततः डेढ वर्षे गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि चुमेको छ ।

घरेलु मैदानमा नेपालले उपाधि चुमेको यो ३७ वर्षपछि पहिलो हो । सन् १९८४ मा दशरथ रंगशालामै प्रथम दक्षिण एसियाली महासंघीय खेलकुद ९साफ गेम्स० मा नेपालले स्वर्ण उपाधि चुमेको थियो । त्यतिबेला पनि फाइनलमा नेपालले बंगलादेशलाई हराएको थियो, त्यसबेला स्कोर थियो ४–२ । यही रंगशालामा २२ वर्षअघि साफको आठौं संस्करण फाइनलमा भने नेपाललाई बंगलादेशले १–० ले निराश पारेको थियो ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०१:५०