बेनी–जोमसोम सडक थप दुई दिन बन्द हुने

म्याग्दी । बेनी–जोमसोम सडक थप दुई दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी सडकको काम निर्धारित समयमा नसकिएकोले दुई दिन थप गरी चैत १९ गतेसम्म बन्द हुने जनाएको हो । यसअघि सडक चैत १४–१७ गतेसम्म बन्द हुने भनिएको थियो ।

कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी मुस्ताङ सीमा क्षेत्रको काप्रे भीर र मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोला नजिक सडक स्तरोन्नती गर्ने क्रममा भीर काट्नु पर्ने र सडकको डाइभर्सन बनाउने अवस्था नभएकोले चार दिन सडक बन्द गर्नु परेको हो ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०२:२९