‘पिच रोड’पछि समिरको ‘घाममा सुकाइदेउ’को सफलता

नेपाली आवाज संवाददाता । अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर आचार्यले सार्वजनिक गर्ने गीतहरुले युटुबमा राम्रो दर्शक पाइरहेका छन् । ‘होइन भन्देउ, दुनियाँ बेग्लै छ, चट्ट सलाम छ, पिच रोड’ लगायतका गीतबाट उनले चर्चा पाइसकेका छन् ।

उनै, समिरले आवाज भरेको नयाँ गीत ‘घाममा सुकाइदेउ’ बोलको गीतले पनि युटुबमा राम्रो दर्शक पाइरहेको छ । विद्या तिवारीको समेत आवाज रहेको गीतमा शब्द तथा संगीत आचार्यकै छ । भिडियोमा आँचल शर्मा र मन्जिल बस्नेतलाई फिचरिङ गरिएको छ ।

भिडियोमा रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । राजिब समरको कोरियोग्राफी रहेको भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् ।

 

प्रकाशित मिति १७ माघ २०७५, बिहीबार ०२:१४