पर्वतको मोदी गाउँपालिकामा नेपाली काँग्रेसको श्रद्धाञ्जली सभा सम्पन्न


(फलेवास) । पर्वतको मोदी गाउँपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । मोदी गाउँपालिका–३ देउराली निवासी एवम् नेपाली काँग्रेसका शुभचिन्तक कलाधर सुवेदीकी स्वर्गिय धर्मपत्नी कलावती सुवेदीको निधन भएको १२ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेपाली काँग्रेस मोदी गाउँपालिका वडा कार्य समिति देउरालीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले स्वर्गिय कलावतीको निधनले नेपाली काँग्रेसलाई अपुरणिय क्षती पुगेको बताउनु भयो । उहाँले मृत आत्मको चिरशान्तिको कामना गदै शोककुल परिवारप्रति गहिरो समावेदना व्यक्त गर्नुभयो । ‘कलवती असल गृहणी हुनुहुन्थ्यो, उहाँ लोकतन्त्र र प्रजातन्त्रमा योगदान पु¥याएको व्यक्ति हो, धर्मकर्म र संस्कृतिमा विश्वास गर्ने व्यक्ति भएकाले उहाँलाई सम्मान गर्नुपर्छ,।’नेता जोशीले भन्नुभयो । स्वर्गिय सुवेदीले गरेको योग्य कामको अनुशरण गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने जोशीको भनाई थियो ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका कोषाध्याक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, महाधिवेशन प्रतिनिधी एवम् कुश्मा नगरपालिकाकी उपप्रमुख सिताकाफ्ले लामिछाने, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, नेपाली काँग्रेस यातयात विभागका केन्द्रिय सदस्य शिव सुवेदी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, रामवहादुर प्रसाई, सरस्वती शर्मा जिज्ञासू, नेपाली काँग्रेस प्रदेश सभा क का सचिव कुष्णाप्रसाद लामिछाने, कुश्मा नगरपालिकाका लेखा अधिकृत कमल प्रसाद पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, नेपाली काँग्रेस मोदी गाउँपालिकाका संयोजक जिवनाथ शर्मा र चक्रमाणी शर्मा लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाली काँग्रेस मोदी गाउँपालिका–३ देउरालीका सभापति प्रमानन्द चापागाईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत तिर्थ राज सुवेदी र कार्यक्रम संचालन देउरालीका पार्टी सचिव रुद्रप्रसाद सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार १३:५०