आहा रारा गोल्डकप : पहिलो खेलमा सहारा क्लब र एपीएफ खेल्दै

काठमाण्डाै . आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् ।

प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप-विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार ०२:०२