पर्वतकी सरस्वती शर्मा ‘जिज्ञासू’ काँग्रेसको विज्ञमा नियुक्त

पर्वत । नेपाली काँग्रेसले सरस्वती शर्मा ‘जिज्ञासू’ लाई विज्ञका रुपमा नियुक्ति गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतकी जिल्ला सदस्य जिज्ञासूलाई भाषा, साहित्य, कला र संस्कृति विषयगत समितिको रुपमा नियुक्त गरेको हो ।

नेपाली काँग्रेसको विधान, २०१७ (स)शोधन सहित) को ३६ (१) (ङ) अनुसार जिज्ञासूलाई नियुक्त गरिएको हो । जिज्ञासू पत्रकार सँगै साहित्यकार पनि हुन् । नेपाली काँग्रेस पर्वतको राजनितिमा उनको अमुल्य योगदान छ ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार ०२:५४