ठानामौलामा नेवि संघ विस्तार

पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले यहाँको एक विद्यालयमा संगठन विस्तार गरेको छ । नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिले फलेवास नगरपालिका–८ ठानामौलामा अवस्थित जनज्याती माध्यमिक विद्यालयमा संगठन विस्तार गरेको हो । सोमवार जनज्याती माविमा भएकोे बृहत भेलाले रुबिन नेपालीको अध्याक्षतामा ३५ सदस्य रहने गरी समिति गठन गरेको छ ।
समितिको उपाध्याक्षमा सन्देश सुनार र शर्मिला भुषाल, सचिवमा मुस्कान कुवँर, सहसचिवमा सुरेन्द्र शर्मा र पवन रिजाल र कोषाध्याक्षमा सुशिला गुरुङ लगायत अन्य सदस्य चयन गरिएको नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिका सभापति सन्तोष पाठकले जानकारी दिनुभयो ।
नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गदै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतका सभापति मिलन सुवेदीले विद्यार्थीहरुले फेरी आन्दोलन गर्नुपर्ने आवश्यकता खड्किएको बताउनु भयो । उहाँले हिजो राणाहरुको कु शासन अत्य गराउने देखी मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना गराउन नेवि संघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गदै सभापति सुवेदीले फेरी एक पटक विद्यार्थीहरुले आफ्ना हकहित र अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सुवेदीले नेवि संघ पर्वतलाई अब दु्रत गतिमा अगाडि बढाउने बताउनु भयो । साथै उहाँले नेवि संघको स्थापना दिवस भव्य रुपमा मनाउन तयारी भईरहेको जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिका सभापति पाठकको सभापतित्वमा सम्पन भएको कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका जिल्ला सदस्य शिशिर शर्मा पौडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार ००:५७