किन बन्न सकेन ‘म यस्तो गीत गाउँछु २’ ?

नेपाली आवाज-संवाददाता । अहिले कुनै फिल्मको औपचारिक निर्माण घोषणा भयो भने सुटिङै सुरु नहुन्जेल दर्शकले पत्याउँदैनन् । यो अविश्वास पैदा हुनुको दोषी फिल्मकर्मी स्वयम् हुन् । किनकि, यसअघि थुप्रै घोषणा भएका फिल्म घोषणामै सीमित भएका छन् । कामभन्दा ‘गफ’ मा बढी विश्वास गर्ने प्रवृतिका कारण नेपाली फिल्ममेकर्सप्रति अविश्वास बढ्दै गएको छ ।

प्रदीप खड्काको ुदीपेन्द्र सरकारु देखि सौगात मल्लको ुफाटेको जुत्ता २ु सम्म घोषणामै सीमित रहे । प्रायः फिल्मकर्मी दुईरचार दिन मिडिया आकर्षित गर्न नामै दर्ता नगरि र स्क्रिप्ट नै तयार नुहँदै फिल्म घोषणा गर्न हतारिन्छन् । अचेल फिल्म रिलिज अगावै सिक्वेल र फ्लप फिल्मको सिक्वेल घोषणा गर्न पनि लाज मान्दैनन् फिल्ममेकर्स ।

हुनत, वर्षमा सय बढी फिल्म रिलिज हुने गरेता पनि आधा दर्जन फिल्मले पनि लगानी सुरक्षित गर्न सक्दैनन् । यो बाटोबाट हेर्ने हो भने घोषणा गरेको फिल्म नबन्नुलाई निर्माताको चलाखी मान्न सकिन्छ । तर, फिल्म रिलिजको बेला ‘दर्शक मेरा भगवान हुन्’ भन्ने फिल्मकर्मीले घोषणा गरेको फिल्म नबनाउनु दर्शकको विश्वासमाथि कुठाराघात गर्नु हो ।

घोषणा भएका अनगिन्ती फिल्महरु गफैमा सीमित भइरहेको अवस्थामा निर्देशक सुदर्शन थापाले घोषणा गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि नबन्नुलाई अनौठो मान्न सकिन्न । तर, दर्शकले निकै विश्वास गरेका निर्देशकले दुईदिने चर्चाका लागि हतारमा गरेको निर्णयले भने उनीप्रति नै अविश्वास पैदा हुन थालेको छ । यो फिल्म बन्छ वा बन्दैन अहिले अन्योलमा छ ।

प्रकाशित मिति १७ माघ २०७५, बिहीबार ०३:५३