सरकार विरुद्ध माघ २१ गते आन्दोलनमा उत्रिन कार्यकर्तालाई नेपाली काँग्रेस पर्वतको आह्वान

नेपाली आवाज । नेपाली काँग्रेस पर्वतले माघ २१ गते सदरमुकाम कुश्मा बजारमा सरकार विरुद्ध आन्दोलन गर्ने तयारी थालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेसँगै पर्वतमा पनि आन्दोलनको तयारी गरिएको नेपाली काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले जानकारी दिए । चिकित्सा शिक्षा विधेयक पारित गर्नका लागि सत्ता पक्षले गरेको जवरजस्ती, चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि आमरण अनशनरत डा.गोविन्द केसीप्रति देखाएको व्यवहार र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याराको खोजीमा सरकारले ढिलासुस्ती गरिरहेको भन्दै कांग्रेसले आन्दोलनको थालेको श्रेष्ठले बताए ।

चिकित्सा शिक्षा विधेयक पारित गर्नका लागि सत्ता पक्षले गरेको जवरजस्ती, चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि आमरण अनशनरत डा.गोविन्द केसीप्रति देखाएको व्यवहार र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याराको खोजीमा सरकारले ढिलासुस्ती गरिरहेको भन्दै कांग्रेसले आन्दोलनको थालेको श्रेष्ठले बताए ।

आन्दोलनको लागि सम्पूर्ण कार्यकर्ता भातृ तथा शुभेच्छुक संघ–संस्था सहित लोकतन्त्रप्रति आस्था राख्ने महानुभावहरुलाई  सरकारको अकर्मण्यताको विरोधमा उत्रिन आग्रह गर्नुभएको छ ।

उहाँले आन्दोलन शान्तिपूर्ण हुने भन्दै हस्तक्षेप गर्न खोजे चुप लागेर नबस्ने जिकिर गर्नुभयो ।

प्रकाशित मिति १७ माघ २०७५, बिहीबार १४:१८