कठिन बन्दै नेपाली भाषा

लेखक सुनिता कोइराला

नेपाली भाषा राष्ट्र भाषा हो । यो भाषा नेपाललगायत भारत, भुटान र बर्माका केही भागमा मातृभााषाका रूपमा बोलिन्छ । नेपाली भाषा सरकारी कामकाजको भाषा पनि हो । नेपालका अधिकाँश मानिसले बोल्ने नेपााली भाषा भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ ।
देवनागरी लिपिमा लेखिने यो भाषामा दुई किसिमका वर्णमाला छन् । स्वर वर्णमा १२ वर्ण र व्यञ्जन वर्णमा ३६ वर्ण रहेका छन् । नेपाली भाषा पहिले खस, पर्वते, गोर्खाली आदि नामले चिनिने गथ्र्यो । नेपाली भाषाको छुट्टै विशेषता छ । हरेक राष्ट्रले आफ्नो राष्ट्र भाषालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ ।
विगतमा भने नेपाली भाषाको प्रयोगमा एक किसिमको आत्मियता, प्रेम थियो । चाहे साहित्य होस् वा कला, चाहे पत्रकारिता नै किन नहोस् नेपाली भाषालाई अत्यन्त गर्वका साथ प्रयोगमा ल्याइन्थ्यो तर बिडम्बना हाल आएर नेपाली भाषालाई नेपाल सरकारले नै महत्व घटाएको कुरामा दुई मत छैन । नेपाली समाजले पनि बेवास्ता गरेको कुरालाई नकार्न सकिन्न । कारण बिभिन्न छन्ः बालक, युवा, बृद्ध वा महिला, पुरुष नै किन नहुन् सबैमा नेपाली भाषा प्रतिको मोह घटेको छ । तोते बोल्दै “ट्वीङ्कल ट्वीङ्कल लिटिल स्टार।।, जोनी जोनी यस पापा।।” गाएका नानीहरूले नेपाली भाषालाई कुन स्थानमा राख्लान् रु यो विषयलाई गहिराईमा सोचेका
छौँ हामीले रु
समयको मागअनुसार अङ्ग्रेजी वा अन्य कुनै भाषा सिक्नु आवश्यक हुन्छ तर अन्य भाषा सिक्ने होडबाजीमा आफ्नो भाषालाई ओझेलमा पर्न दिनु हँुंदैन । बिडम्बना भनौँ वा बाध्यता या भनौँं समयको माग आफ्ना नानीहरूले पढ्न बस्दा नेपाली विषय झिके भने “यो नेपाली पढेर के गर्छस् रु भविष्यमा छन्दे गुरुबा बन्ने रु” भन्ने जस्ता प्रश्नको ओइरो लाग्ने गर्छ । यस्ता प्रश्नले गर्दा ती बालबालिका नेपाली भाषालाई दोस्रो प्राथमिकतामा राख्न बाध्य भएका छन् ।
यो कुरा अभिभावकले कहिले बुभ्mने रु वक्तृत्वकला, वादविवाद, निबन्ध लेखन, कविता वाचनजस्ता प्रतियोगितामा भाग लिने विद्यार्थी खोज्नु भनेको समुन्द्रबाट मोति खोजेर ल्याउनु बराबर भइसकेको छ । नेपाली र अङ्ग्रेजी भाषा नमिसाइकन शुद्ध नेपाली बोल्न नजान्ने यस विकराल परिस्थितिको अन्त्यका लागि कसले पहल गर्ने रु यसो हुनुमा विद्यार्थीको कुनै दोष छैन, दोष नेपाली जीवनमा सिकाईको हो ।
बालबालिका हिन्दी कार्टुन भनेपछि हुरुक्कै हुने, युवा पुस्ता अङ्ग्रेजी, हिन्दी, कोरियन सिनेमा भनेपछि मरिहत्ते गर्ने, अनि घरको टेलिभिजनमा नेपाली च्यानल बिरलै खोलिन्छ । यसको प्रत्यक्ष असर नेपाली भाषा सिक्दै गरेका बालबालिकालाई परेको छ । परीक्षामा ‘नेपालको सबभन्दा अग्लो हिमाल कुन हो रु’ भन्ने प्रश्नको उत्तरमा ‘नेपालको सबसे बडा हिमाल माउन्ट एभरेष्ट हो । ’ भनी लेखेका धेरै उदाहरण छन् ।
के यो सोचनीय विषय होइन र रु सरकारी विद्यालयका विद्यार्थीले त शुद्ध बोल्लान् तर अङ््ग्रेजी माध्यममा पढाइने विद्यालयका करिब ९० प्रतिशत विद्यार्थीले शुद्धसँग नेपाली पढ्न र एक अनुच्छेद पनि शुद्धसँग वाचन गर्न सक्दैनन् । जब कथ्य भाषा शुद्ध छैन भने लेख्य भाषा शुद्ध हुने कुरा त कल्पनै गर्न सकिन्न । नेपाली भाषा मात्र होइन भविष्यमा नेपाली विषय शिक्षकको पनि अभाव हुने देखिन्छ । नेपाली भाषा सिकाउन विदेशीहरू आयात गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न किनकि नेपालले बिर्सिसकेको संस्कृत भाषालाई विदेशीहरूले अपनाउन र विश्वविद्यालयहरूमा अध्ययन र अध्यापन शुरु गर्न थालिसकेका छन् ।
समस्याका विषयमा जति लेखेपनि कम हुन्छ । नेपालमा स्नातक तहसम्म नेपाली विषयको पढाइ हुन्छ तर कतिपय विद्यार्थीलाई शब्दकोशमा क्ष, त्र, ज्ञ कहाँ हुन्छ थाहा हँुदैन । यसमा गल्ती विद्यार्थीको होइन नेपालको शिक्षण पद्धतिको हो । नेपाली विषयलाई विद्यालयले नै दोस्रो प्राथमिकतामा राखेको पाइन्छ । कतैकतै नेपाली शिक्षकलाई पनि दोषी ठह¥याइएको छ । जनजिब्रोले जे सहज मान्छ त्यही भाषालाई मानक भाषा मानिन्छ । सहज बनाउने प्रयासमा भाषाविद्हरूबाट धेरै परिवर्तनका प्रयास नभएका होइनन् । यस्ता प्रयासले नेपाली भाषा झन् जटिल र विवादास्पद बन्न पुग्यो । नेपाली भाषाप्रति रूचि घट्नुमा कारण त धेरै छन् तर प्रमुख कारणमा जति लेखेपनि परीक्षामा अङ्क कम आउनु हो । अङ्क कम आउने कारणका सन्दर्भमा तर्क त अनेक छन् तर न्यायसङ्गत कारण भने कसैसँग छैन । यसमा सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ ।
नेपाली भाषालाई रुचिकर बनाउने दायित्व राष्ट्रको मात्र होइन विद्यालय, शिक्षक, अभिभावक अनि विद्यार्थी स्वयंको पनि हो । यसमा सबै पक्ष सजग र सचेत हुनु जरुरी छ । नेपाली भाषा विषयका सन्दर्भमा नेपालको शिक्षण पद्धतिमा सुधार ल्याइनु प्रमुख आवश्यकता भएको छ । यस विषयमा ध्यान दिइएन भने नयाँ पिँढीलाई नेपाली भाषा फलामको चिउरा बन्नेमा दुई मत छै

प्रकाशित मिति १९ माघ २०७५, शनिबार ०८:१३