कृृषि अभियन्ता जीवन

राजेश चाम्लिङ राई

‘ठूलो भएपछि के बन्ने रु’ जवाफमा जानेर होस् या नजानेर ‘डाक्टर वा इञ्जिनियर’ नभन्ने सकभर कुनै पनि बालबच्चा नहोलान् । तर नेपालीहरूको आर्थिक र सामाजिक परिस्थितिको कारण अधिकांश बालबालिका या अविभावकको यस्ता सपना पूरा हुँदैन । अहिले पनि हाम्रो समाजमा आफूले सोचेको या चाहेको जस्तो नभई परिस्थितिले निर्माण गरिदिएको ‘पेशा’ अपनाउनुपर्ने बाध्यता छ । भोजपुर होम्ताङका जीवन राई यस्तै परिस्थितिले निर्माण गरिदिएका एक अनौठो अभियन्ता हुनुहुन्छ ।
राजनीति शास्त्रका स्नाताकोत्तर राई आफ्नो पढाईभन्दा बिल्कुल फरक पेशामा रमाइराख्नु भएको छ । ‘अलि हुनेखाने भएको भए सायद साईन्स ९विज्ञान० पढेर डक्टर, इञ्जिनियर नै बनिन्थ्यो होला,’ राईले पनि उही नेपाली मानसिकता प्रतिविम्बित गर्दै भन्नुभयो, ‘तर एसएलसी पास गरेपछि कृषि सम्बन्धी काम गर्ने संस्था सिप्रेडमा पाएको पिएनको जागिरले अन्ततः मलाई यो ठाऊँमा पु¥यायो । ’
२०४८ सालमा शुरु गरेको त्यो जागिरले जीवनबाट प्राप्त व्यवहारिक ज्ञान र कृषि सम्बन्धी पुस्तकहरूको अध्ययनले उहाँमा यति धेरै ज्ञानको भण्डारण भएको छ कि यो कृषि सम्बन्धी विज्ञता हासिल गरेका कुनै पनि औपचारिक अध्ययनकर्ताभन्दा कम छैन । आफूलाई ‘कृषि अभियन्ता’ भन्न रुचाउने राईसँग कृषि सम्बन्धी प्राविधिक ज्ञान त छ नै, यसको व्यवस्थापन, उत्पादन र बजारीकरणको पनि राम्रो ज्ञान छ । हालसम्म कृषि र पर्यटनसँग सम्बन्धित १७ वटा पुस्तकसमेत लेखिसक्नुभएका उहाँसँग कुरा गर्न बस्ने जो कोहीको मन लोभिन्छ । कृषि प्रधान देशमा कृषि नै सबभन्दा उपेक्षित पेशा बनिरहेको बेला उहाँको प्रेरणादायी र सम्भावनायुक्त कुरा सुन्दा यस्तो लाग्छ कि आजै कृषि कर्ममा लागेर सुखमय जीवनको थालनी गरौँ तर विडम्बना उहाँसँग ज्ञान मात्र छ, त्यसलाई कार्यान्वयन गर्ने पर्याप्त अवसर र पैसाको अभाव छ ।
‘नेपालले ‘हाई भ्याल्यू क्रप्स’ ९उच्च मूल्य आउने खाद्यान्न० बाट मात्र कृषि क्षेत्रमा कायापलट गर्नसक्छ,’ केही वर्ष अघिसम्म कृषिप्रधान देश भने पनि धान, कोदो, मकै जस्ता अन्न उत्पादनलाई नै कृषि क्रान्ति हुने आम मनोविज्ञानबारे विश्लेषण गर्दा उहाँ भन्नुहुन्छ, ‘त्यस्ता अन्न उत्पादन गरेर हुने आम्दानीले नेपालको अर्थतन्त्रमा खास ठूलो भरथेग गर्न सक्दैन । किनकि हामीकहाँ व्यवसायिक रूपमा त्यस्तो अन्न उत्पादन गरेर निर्यात गर्ने पर्याप्त जमिन नै छैन । ’
उहाँको व्याख्या अनुसार धान, कोदो, मकै जस्ता खाद्यान्न निर्यात गरेर नेपालले धेरै आय आर्जन गर्न सक्दैन । किनकी अर्थतन्त्रमा नै बदलाब ल्याउने गरी यस्तो खाद्यान्न उत्पादन गर्न ठूलो क्षेत्रफल चाहिन्छ, जुन रुस, चीन, अमेरिका जस्ता ठूलो क्षेत्रफल भएको देशमा मात्र सम्भव छ । नेपाल जस्तो देशले ‘ड्र्यागन फल’, ‘एभोकाडो’ ‘ट्रोफल’ जस्ता उच्च मूल्य आउने खाद्यान्न, फलफूल उत्पादनबाट आर्थिक प्रगति गर्न सक्छ । उहाँका अनुसार उच्च वर्गले मात्र प्रयोग गर्ने ‘ट्रोफल’को अन्तर्राष्ट्रिय मूल्य अहिले प्रतिकेजी करिब पाँच लाख रुपियाँ छ । जसको रोल्पामा खेती पनि शुरु भएको छ । उहाँ भन्नुहुन्छ– अन्न खेतीमा आत्मनिर्भर हुने र उच्च मूल्य आउनेमा जोड दिने नीति लिँदा मात्र साँच्चै नै भनेजस्तो कृषिबाट आर्थिक लाभ लिन सकिन्छ । ’
अहिलेसम्म देशका सबै जिल्ला भ्रमण गरेर करिब १५ हजार किसानसँग प्रत्यक्ष कुराकानी, दर्जनौँ प्रतिष्ठित र विज्ञ व्यक्तित्व, २१ सयभन्दा बढी विद्यालयका शिक्षक, सयौँ जनप्रतिनिधि र सरकारी अधिकारीसँग भेटघाट गरेर ‘फस्र्ट ह्याण्ड’ ज्ञान हासिल गर्नुभएको राईलाई नेपालको कुन क्षेत्रमा कस्तो प्रकारको खाद्यान्न लगाउन उपयुक्त हुन्छ रु कुन खाद्यान्नको माग कति छ रु त्यसको अन्तर्राष्ट्रिय बजार कसरी निर्माण गर्ने रु भन्ने गहिरो ज्ञान छ । ‘नेपालको भूगोल र हावापानी अनुसार पूर्वमा एभोकाडो र सुदूरपश्चिममा ढटेलोको व्यवसायिक उत्पादन हुने प्रचूर सम्भावना छ,’ सुदूर पश्चिमको रैथाने तेलहन ढटेलोबारे व्याख्या गर्दै उहाँले भन्नुभयो, ‘तर हामीकहाँ सबै प्रकारका खाद्यान्न एकै ठाऊँमा लगाउने प्रचलन छ । यसरी व्यवसायिक खेती राम्रो हुँदैन । ’
उहाँका अनुसार कर्णालीको भौगोलिक अवस्थिति स्याउ, ओखरलगायत बेमौसमी खेतीका लागि निक्कै उपयुक्त छ । अहिलेसम्म नेपालको भूगोल र मौसमअनुसारका खेतीको ज्ञान आर्जनमा समय खर्चिनुभएका राई अब त्यसको व्यावहारिक प्रयोगका लागि अवसर खोजिरहनु भएको छ । ‘जीवनको महìवपूर्ण उर्जाशील समय यसैका लागि खर्च गरेको छु,’ उहाँले भन्नुभयो, ‘अब यसलाई व्यवहारमा उतार्ने कोशिस गर्दैछु तर यसका लागि चाहिने पर्याप्त लगानी वा साधन मसँग छैन । ’
त्यसो त पछिल्लोपटक धनकुटा नगरपालिकाले उहाँको ज्ञानलाई व्यवहारमा उतार्ने कोशिस पनि गर्दैछ । उहाँकै सल्लाहमा नगरपालिकाले एभोकाडोको व्यवसायिक उत्पादन शुरु गरेको छ, जसबाट किसानहरूले आम्दानी पनि गर्न थालेका छन् । धनकुटाकै साँगुरीगढी, खाल्सा छिन्ताङ, तेह्रथुमको लालिगुराँस नगरपालिका, स्याङजाको वालिङ्ग, काभ्रेको धुलिखेललगायतका केही स्थानीय तहले उहाँको विज्ञता प्रयोग गर्नेबारे छलफल अगाडि बढाएका छन् ।
‘उत्पादन मात्र हुने हो भने बजारको कुनै अभाव हुँदैन,’ कृषिको मात्र नभई पर्यटन र त्यसको व्यवस्थापनमा पनि ज्ञान राख्ने राईले भन्नुभयो, ‘काठमाडाँैमा मात्र अहिले वार्षिक १० लाख किलो एभोकाडोको माग छ । पोखरा र अन्य ठाऊँको जोड्ने हो भने यो करिब २० लाख किलो खपत हुन्छ तर नेपालमा पाँच लाख किलो मात्र उत्पादन हुन्छ । बाँकी १५ लाख किलो हामी विदेशबाट आयात गर्छौं । ’
त्यसो त औपचारिक अध्ययनको विषय अर्कै बनाए पनि उहाँले कृषिसँग सम्बन्धित दर्जनौँ पुस्तक अध्ययन गर्नुभएको छ । पियनबाट काम शुरु गरेको सिप्रेडमा अधिकृत तहसम्म पुग्दा उहाँले १३ वर्ष काम गर्नुभयो । यस अवधिमा उहाँले दर्जनौँ कृषि सम्बन्धी पुस्तक पढ्नुभयो भने त्यसको व्यवहारिक प्रयोग पनि सिक्नुभयो । जसको लतले उहाँलाई जीवन नै कृषि क्षेत्रको अध्ययन र विस्तारमा लगाउने बाटोमा डो¥यायो ।
जागिरे जीवनमा लागेको अनौठो लतकै कारण २०६७ सालदेखि उहाँले कृषि उत्पादन र पर्यटनको सम्भावनाबारे अध्ययन गर्न देशाटनमा निस्कने प्रण गर्नुभयो । जो २०७४ सालमा सम्पन्न भइसकेको छ । यसबीचमा देशका प्रतिष्ठित पत्रपत्रिकामा उहाँले कृषिसम्बन्धी स्तम्भ पनि लेख्नुभएको छ भने कृषिलाई नै केन्द्र बनाएर बङ्गलादेश, सिङ्गापुर, थाईल्याण्ड, मलेशियालगायतका देशको भ्रमण पनि गर्नुभएको छ ।
यी अध्ययन र भ्रमणको निस्कर्ष निकाल्दै उहाँ भन्नुहुन्छ – हामीकहाँ कृषिबारे ‘कम्युनिकेशन ग्याप’
९सूचनाको कमी० छ । यसबारे आम मानिसहरूलाई सूचना प्रवाह नहुँदा यसैलाई पेशा बनाएर बाँच्न मात्र होइन, देशलाई आर्थिक सम्मृद्धिमा लान सकिन्छ भन्ने विश्वास निर्माण गर्न सकिएको छैन । म उदाहरणीय काम गरेर त्यो विश्वास निर्माण गर्न चाहन्छु तर यो कार्यान्वयन गर्ने थलो भेटिरहेको छैन । ’
९लेखक गोरखापत्रका सहसम्पादक हुनुहुन्छ०

प्रकाशित मिति १९ माघ २०७५, शनिबार ०८:१६