एमाले पूर्व साँसद कल्पना चापागाईको दादागिरी– बसपार्क हडपेर महोत्सब,प्रहरी प्रशासन मौन

नेपाली आवाज–संवाददाता । पर्वतमा रहेको रेडियो दिदी बहिनीले गण्डकी प्रदेश स्तरीय एघारौ महिला महोत्सव आयोजना गरेको छ । रेडियो स्थापनाको नबौँ बार्षिकोत्सवको अवसर तथा १०९ औँ अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा यहि माघ २५ देखि फागुन ५ गतेसम्म महिला महोत्सव पर्बतमा शुरु हुदै छ । तर बिडम्बना महोत्सब एउटा बसपार्कलाई नै हडपेर आयोजना हुदैछ । झण्डै २ बर्ष अघि देखि सञ्चालनमा आएको बसपार्कमा अहिले करिब १ सय भन्दा बढी बसहरु पाकिङ हुदै आएका छन् । महोत्सबका कारण अबको एक महिना बसपार्कमा बसहरु पाकिङ गर्न नपाईने गरी रेडियोले महोत्सको आयोजना गर्दैछ ।

                                सार्बजनिक स्थल लाईनै हडपेर महोत्सबको आयोजना हुदै गर्दा स्थानिय प्रसाशन तथा कसैले पनि चासो                                                        नदिएका कारण ब्यवसायी तथा स्थानिय आक्रोषित बनेका छन् ।

सार्बजनिक स्थल लाईनै हडपेर महोत्सबको आयोजना हुदै गर्दा स्थानिय प्रसाशन तथा कसैले पनि चासो नदिएका कारण ब्यवसायी तथा स्थानिय आक्रोषित बनेका छन् । पर्बत यातायात ब्यवसायी समितिका कोषाध्यक्ष हेम शार्मले दिनहु बसहरु पाकिङ हुदै आएको बसपार्क कब्जा गरेर महोत्सब आयोजना गर्दा आफुहरु अन्यायमा परेको बताए । गत बर्षहरुमा पनि यसरीनै बसपार्कमा महोत्सब आयोजना गरिदै आएको भएपनि पटक पटक स्थानिय प्रशासन संग गुहार माग्दा पनि प्रशासनले केहि गर्न नसकेको उनको आरोप छ ।

रेडियोको दिगो संचालनका लागि आर्थिक संकलन गर्ने उद्धेश्यसँगै महिलाहरुको विकास र उन्नतीका लागि महोत्सब आयोजना गरिएको भएपनि कुश्माको एक मात्र बसपार्कलाई कब्जामा राख्दा सयौ सबारी पार्कमा समस्या आउने ब्वसायीहरुको भनाई छ । यता स्थानिय प्रशासनले भने आफुहरुलाई महोत्सब गर्न लागिएको भन्ने आयोजकले बताएपनि कसरी कहाँ गरिदै छ भन्ने बिषयमा केहि जानकारी नभएको पर्बतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

रेडियोको दिगो संचालनका लागि आर्थिक संकलन गर्ने उद्धेश्यसँगै महिलाहरुको विकास र उन्नतीका लागि महोत्सब आयोजना गरिएको भएपनि                          कुश्माको एक मात्र बसपार्कलाई कब्जामा राख्दा सयौ सबारी पार्कमा समस्या आउने ब्वसायीहरुको भनाई छ ।

यस बिषयमा आयोजकले नगरपालिकालाई महोत्सब आयोजना गर्ने स्थलको बारेमा जानकारी गराईएको भएपनि आयोजकले धेरै आग्रह गरेपछि दिनको ३ हजार रुपैया भाडा लिने शर्तमा बसपार्क खाली गरिदिएको कुश्मा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रुद्र गिरीले बताए । महोत्सब स्थल वडा नम्बर ६ मा अवस्थित रहेको छ ।

महोत्सवको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा रेडियोकी अध्यक्ष कल्पना चापागाई बसपार्क भाडामा लिएको जिकिर गरिन । उनले भनिन् ‘धेरै बस पार्किङ हुँदैनन् त्यसैले पनि मैले यातयात व्यवसायी सँग सल्लाह गरिन । आफुले स्थानीय जनप्रतिनिधी सँग सल्लाह गरेर, दिनको ३ हजार भाडा तिरेर महोत्सव गर्न लागेको बताउँदै आवश्यक परे पत्रकारलाई सम्झौता पत्रनै उपलव्ध गराईदिने दावी गरिन ।

प्रकाशित मिति २० माघ २०७५, आईतवार १२:१३