अधिनायकवादी सरकारलाई देखाईदिने भन्दै कांग्रेसले आज कुश्मा बजारमा बिशाल विरोध प्रदर्शन गर्दै

नेपाली आवाज–संवाददाता । अधिनायकवादी सरकारलाई देखाईदिने भन्दै कांग्रेसले भोलि देशभर विरोध प्रदर्शन गर्दै छ । सरकार निरंकुशता तर्फ अघि बढेको भन्दै कांगेसले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार देशभरका ७७ वटै जिल्लामा सरकारका विरुद्ध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।

डा. गोविन्द केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको, पूर्व प्रधानमन्त्रीद्वय गिरिजा प्रसाद र शुसिल कोइरालाका नाममा रहेका अस्पताल खारेज गर्न खोजेको, निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको र प्रतिपक्षको हैसियत बिर्सन खोजेको लगायतका आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।सरकारका बिरुद्ध नेपाली काँग्रेस पर्वतले भोली पर्वतमा बृहत बिरोध ¥यालीको आयोजना गरेको छ ।

सरकारका पछिल्ला निर्णय र कदमका बिरुद्ध काँग्रेसले सदरमुकाम कुश्मामा बिरोध प्रदर्शन गर्न लागेको हो । भोली हुने बिरोध प्रदर्शन कार्यक्रमको बारेमा पत्रकारलाई जानकारी दिँदै जिल्ला सभापति खिमप्रसाद भुसालले पर्वतमा सरकारका बिरुद्धमा अहिलेसम्मकै ठुलो प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाभरमा कार्यकर्ताहरुलाई कुश्मामा ओराल्ने तयारी भएको भुसालले बताउनुभयो ।

उहाँले प्रदर्शन सभ्य तरिकाले हुने पनि बताउनुभयो । प्रदर्शनमा घुसपैठ नहोस र अराजक नहोस भन्ने तर्फ पार्टि सतर्क रहेको उहाँले बताउनुभयो । सरकारले हालै जारी गरेको चिक्त्सिा शिक्षा बिद्येयक, विपक्षीको अनुपस्थितीमा भएको विभिन्न आयोगका नियुक्ति, निर्मला पन्त हत्या प्रकरण, मंहगी, भष्टचारका विरुद्धमा कुश्मामा केन्द्रिय कार्यालयको परिपत्र अनुसार बिरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

जिल्ला कार्यसमितिले जिल्ला स्थित सम्पूर्ण संगठन, गाउँ गाउँका वडा कार्यसमिति मार्फत भातृ संगठन, सुभेच्छुक संगठन र सर्वसाधारणहरुलाई सदरमुकाममा ल्याउन सुचना पठाईसकेको छ । जनआन्दोलनको झल्को दिने गरि काँग्रेसले कुश्मामा भोली प्रदर्शन गर्न लागेको जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेसका नेता विरवहादुर वलायरको कमाण्डमा पर्वतमा नेपाली काँग्रेसले प्रदर्शन गर्न लागेको सचिव श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनको तयारी एकहरुप्ता अगाडी देखि नै भैरहेको छ ।

प्रकाशित मिति २१ माघ २०७५, सोमबार ०१:००