गुप्तेश्वर बहुमुखी क्याम्पसको बार्षिकत्सवमा नेवि संघद्धारा विविध प्रतियोगिता

सन्तोाष पाठक । पर्वतको कुश्मा बजारमा संचालित गुप्तेश्वर बहुमुखी क्याम्पसको २७ औँ बार्षिकत्सवको अवसरमा नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

सो अवसरमा हिजो महिला पुरुष बिच छुट्टाछुटै भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिवल प्रतियोगितामा अमृत रिजालको समूह पहिलो र सरोज रिजालको समुह दोस्रो भएको खेल संयोजक सुजन पुनले जानकारी दिनुभयो । महिला भलिबल तर्फ बिमा मगर पुनको समुह पहिलो र माया पुनको समुह दोस्रो भएको छ । त्यस्तै आज भएको घैटो फुटाउने प्रतियोगितामा अस्मिता पौडेल पहिलो हुनुभएको खेल संयोजक अजय पोखरेलले जानकारी दिनुभयो ।

म्युजिकल चियर प्रतियोगितामा सावित्रा शर्मा पहिलो, कल्पना शर्मा दोस्रो र कल्पना पुन तेस्रो हुनुभएको संयोजक अमृत पोख्ररेलले जानकारी दिनुभयो । बार्षिकत्सवको अवसरमा भोली फुटबल प्रतियोगिता, हाजिरजवाफ वतृत्वकला र छेलो हाल्ने प्रतियोगिताको आयोजना गरिएको नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति २१ माघ २०७५, सोमबार १३:४७