जिल्ला अस्पताल पर्वतमा व्यथिती बढ्दो – प्रशासन मौन

नेपाली आवाज–संवाददाता । रिफर सेन्टरको उपनाम पाउँदै आएको जिल्ला अस्पताल पर्वत पछिल्लो समय बिरामीलाई आवश्यक पर्ने औषधिको अभावका कारण फेरि पनि रिफर सेन्टर बन्ने प्रयासमा नै लागिरहेको पाईएको छ ।

बिरामीका लागि आवश्यक पर्ने सामान्य औषधि समेत अस्पतालमा नपाउँदा बिरामीहरुलाई सामान्य अवस्थामा पनि चिकित्सकहरुले पोखरा रिफार गर्न बाध्य भएका छन् । यसैको पछिल्लो उदाहरण आज पनि जिल्ला अस्पताल पर्वतमा यस्तै घट्ना भएको छ ।

पेट सम्बन्धि रोगका कारण अस्पताल पुग्नुभएका कुश्मा नगरपालिका ७ खरेहाका बाबूराम पौडेललाई आज औषधिकै अभावमा पोखरा रिफर गरिएको छ । पौडेलको उपचारका लागि आवश्यक परेको औषधि निडनजलाम अस्पातालमा नभएका कारण नै उहाँ धेरै बेरसम्म अस्पतालको शैयामा रोईरहनुभएको थियो । जिल्ला अस्पताल पर्वतका डक्टरहरुले भने धेरै दिनदेखि अस्पतालमा औषधिको आवश्यकता परेको बताईरहेको भएपनि अस्पताल संचालक समितिले औषधिको ब्यवस्थापन गर्न नसकेका कारण नै पौडेलको उपचारमा समस्या भएको हो ।

अस्पतालका चिकित्सकहरुका अनुसार निडनजलाम नामक औषधिलाई कतिपयले लागू औषधको रुपमा पनि प्रयोग गरेका छन् । यही कारण उक्त औषधिलाई सरकारको स्वीकृति बिना बेच्न मनाही गरिएको छ । तर, सरकारबाट नै संचालित जिल्ला अस्पतालमा नै लामो समयदेखि औषधि नहुँदा बिरामीहरु भने मर्कामा परेका छन ।

उक्त औषधि नपाउँदा बिरामीको अवस्थामा थप समस्या उत्पन्न भएपछि उहाँका आफन्तहरुले अस्पताल विकास समितिमा बिभिन्न प्रश्नहरु गर्दै अस्पतालमा आवश्यक औषधिको ब्यवस्थापन गर्न माग गरेका थिए ।

 

प्रकाशित मिति २६ माघ २०७५, शनिबार ०३:०२