गाउँपालिकाले शिक्षकलाई सौतेनी नगरोस – काँग्रेस नेता ठकुरी

नेपाली आवाज–संवाददाता । नेपाल शिक्षक संघ महाशिला गाउँपालिकाको प्रथम गाउँ प्रतिनिधी सभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य अशोक उचै ठकुरीले महाशिला गाउँपालिकाले शिक्षकहरुलाई आस्थाका आधारमा पेल्न थालेकोमा चर्को असन्तुष्टि जनाउनुभयो । कम्यूनिष्ट नेतृत्वमा रहेको गाउँपालिकाले काँग्रेस निकट शिक्षकहरुलाई हरेक कुरामा बिभेद गर्न थालिएकोमा आक्रोश व्यक्त गर्नुभयो । शिक्षकहरुलाई हतोत्साही बनाएर गाउँपालिकाको शिक्षामा राम्रो नतिजा नआउने भएकाले गाउँपालिकाको नेतृत्वलाई सच्चिन अनुरोध गर्नुभयो ।

उहाँले गाउँपालिकाले शिक्षकलाई मात्रै नभएर अन्य कर्मचारी र सर्वसाधारणहरुलाई कम्युनिष्ट नेतृत्वले दुव्र्यवहार गरे बताउनुभयो । जनताले गाउँको विकास गर्न कम्युनिष्टलाई मत हालेको भन्दै दमन गर्दै गए जनता प्रतिकारमा उत्रिने ठकुरीले चेतावनी दिनुभयो । काँग्रेसले कुनै पार्टिमा आस्था राखेको आधारमा अरु पार्टिमा आस्था राख्ने व्याक्तिलाई कहिल्यै पनि नराम्रो व्यवहार नगरेको स्मरण गर्नुभयो । काँग्रेसका यूवा नेता ठकुरीले नेपाल शिक्षक संघले पार्टीका हरेक गतिविधीमा रचनात्मक भूमिका खेलेको बताउँदै प्रशंसा गर्नुभयो ।
उहाँले शिक्षकहरुलाई काममा मात्रै लगाउने तर अवसर नदिने गरेको उल्लेख गर्दै ठकुरीले अवसर आउँदा शिक्षकहरुलाई प्राथमिकता दिने कुरामा पार्टिले गम्भिर ढंगले सोच्नुपर्ने बताउनुभयो । ठकुरीले शिक्षकहरुका हरेक समस्या समाधानमा आफु समर्पित रहेको पनि बताउनुभयो ।

नेपाल शिक्षक संघ महाशिला गाउँपालिकाका अध्यक्ष भिमवहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधी गोपाल शर्मा, नेपाल शिक्षक संघ पर्वतका पूर्व सचिव बालकृष्ण शर्मा, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव धर्म भुषाल, नेपाल तरुण दल पर्वतका जिल्ला सदस्य सन्तोष हमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष सरस्वती उच्चै ठकुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्याक्ष यामवहादुर क्षेत्री र कार्यक्रमको संचालन सचिव नरेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति २७ माघ २०७५, आईतवार ०३:२५