सञ्चारकर्मी कृष्ण समिप सुवेदीको ‘सिरुपाते खुकुरी’ सार्वजानिक

नेपाली आवाज–संवाददाता । गायक तथा सञ्चारकर्मी कृष्ण समिप सुवेदीको नयाँ एल्वम् ‘सिरुपाते खुकुरी’ सार्वजानिक भएको छ । गित सार्वजानिक भएको एक हप्ता नहुँदै सर्वत्र चर्चा हुन थालेको छ । पश्चिमेली लोकलयलाई पूर्वेली भाकामा गाईएकाले पनि गित निकै भाईरल बनेको छ । सुवेदीकै लय÷शव्दमा रहेको गितमा कृष्ण समिप सुवेदी, एन.के खत्री र मनिसा पोखरेलको स्वर रहेको छ । गितले माया प्रेम सँगै देशभक्ति भावलाई समेटेको छ । गितको म्युजिक भिडियो पनि लोभ लाग्दो बनेको छ । निर्देशक दिपेन्द्र तिमिल्सिनाले गरेको छन् । गितमा दिपेन्द्र सँगै एन.के खत्री र रेनु लामाको अभिनय रहेको छ । गीतमा पश्चिमेली र पूर्वेली लोकभाकाको संयोजन सुन्न र देख्न पाइन्छ ।

गीतमा नालापानीदेखि कालापानीसम्म र टिस्टादेखि काँगडासम्म लडेका वीर नेपालीले प्रयोग गरेको सिरुपाते खुकुरीको चर्चा गरिएको छ । गितलाई पूर्व र पश्चिमको गीत संगीतलाई एकशुत्रमा बाँध्ने प्रयास गरिएको गायक कृष्ण समिप सुवेदीले जानकारी दिनुभयो । उहाँले गितलाई नयाँ पनमा ढाल्न खोजेको बताउँदै दर्शक स्रोतले गित मन पराउनेमा आसावादी रहेको जिकिर गर्नुभयो । दर्शक स्रोतको मायाले आफु गित संगितमा लाग्ने प्रेरण मिलेको बताउँदै गितवाट राम्रो प्रतिक्रिया मिलेको बताउनु भयो ।

वि.स २०६० मा रेडियो नेपालवाट स्वर परीक्षा पास गरेर संगीतयात्राको थालनी सुवेदीले १० वटा एल्वम् बजारमा लिईसकेका छन् भने २ सय ५० वटा गितमा आफ्नो स्वर दिएका छन् ।  लोक पप तथा आधुनिक सबै गीत गाउन सक्ने उनी शास्त्रीय सङ्गीतका बिधार्थी समेत हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रकाशित मिति २८ माघ २०७५, सोमबार १४:१९