नेविसंघका अध्यक्ष महरले मनोनयन गरेका पदाधिकारी खारेज गर्ने कांग्रेसको निर्णय

नेपाली आवाज–संवाददाता । नेविसंघका अध्यक्ष नैनसिंह महरले राजनीनामा दिनुअघि मनोनयन गरेका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र क्याम्पस इकाइ अध्यक्षहरु खारेज गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ ।

महरले हिजो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनु अघि ती पदमा मनोनयन गर्नुभएको थियो । नेविसंघका नेताहरुले आज पार्टी कार्यालय सानेपामा देउवालाई मनोनयन खारेज गर्न र ३२ वर्षे उमेर हदसहितको नेविसंघ तदर्थ समिति गठन गर्न ज्ञापनपत्र बुझाएका थिए । यसैबीच, कंग्रेस केन्द्रीय कार्यसमिति बैठक पदाधिकारीलाई स्वतस् महाधिवेशन प्रतिनिधि बनाउने या नबनाउने भन्ने विवादमा अड्किएको छ ।

संस्थापन पक्षका नेताहरुले महासमिति बैठकमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेभन्दा फरक ढंगको विधानका लागि प्रस्ताव नआएको बताएपछि इतर पक्षले बिरोध गरेका छन् । समावेशी कोटाबाट लाभको पद एक पटक मात्र दिने भन्ने विषयमा पनि सहमति हुन सकेको छैन ।

भोलि दिउँसो १ बजे पुनस् बस्ने बैठकमा विधानको टुङ्गो लगाउने सहमति भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । त्यस्तै बैठकले भोलि नै विभिन्न समिति गठनको निर्णय समेत गर्ने उहाँले उल्लेख गर्नुभयो ।कान्तिपुर दैनिकमा खवर छ

प्रकाशित मिति २९ माघ २०७५, मंगलवार १३:४५