पशुपतिको गितमा प्रहरी हस्तक्षेप – नेबिसंघ कार्यकर्ताद्धारा प्रहरी प्रशासन विरुद्ध नाराबाजी

नेपाली आवाज–संवाददाता ।  ‘लुट्न सके लुट कान्छा….’ गायक पशुपति शर्माले हालै मात्रै बजारमा ल्याएको यो गित बजारमा चर्चित भएको छ । उनको व्यक्तिगत युट्यूवमा सार्वजनिक भएको केहि दिनमै युट्यूव टेण्डिङको टप १० भित्र परेको यो गित बजाउन पर्वत प्रहरीले भने रोक लगाएको छ ।

पर्वतस्थीत नेपाल विद्यार्थी संघले आइतबार सा“झ आयोजना गरेको पशुपतिको ‘लुट्न सके लुट् कान्छा’ बोलको गित सार्वजनिक स्थानमा बजाएर नाचगान गर्नेक्रममा नेबिसंघ कार्यकर्तालाई रोकेको हो । करिव दुई दर्जन प्रहरीको समुहले लोकतन्त्रचोकमा ठुल्ठुलो स्वरमा बजाएको गित रोक्दै केहि युवाहरुलाई नाचगानमा रोक लगाएपछि केहिबेर नेबिसंघ कार्यकर्ताले प्रहरी हस्तक्षेप बिरुद्धमा नाराबाजी गरेका थिए ।

लोकतन्त्रचोकस्थीत शहिद गोबिन्दनाथको शालिक परिषरमा बजाएको गित प्रहरीले बन्द गराएपछि नेबिसंघले नजिकैको एक स्टेशनरी पसलभित्र बजाएको थियो । दुई प्रहरी निरिक्ष्ँकहरु पसलभित्रै प्रवेश गरेर स्पिकर नियन्त्रणमा लिन खोजेपछि आसपासका बासिन्दाहरुले समेत प्रहरीको बिरोध गरेका थिए । ‘गित निकाल्नै दिन हुन्थेन,’ स्थानीय एक महिलाले भनिन्, ‘बजारमा सार्वजनिक भएको गितमा नाच्न नदिने कस्तो दमन हो ?’ करिव आधा घण्टा नेबिसंघ र प्रहरीबिच धकेलाधकेलको स्थीति भएको थियो ।

प्रहरी दमनका बिरुद्धमा स्थानीय समेत उत्रिएपछि स्थीति सामान्य बनेको थियो । गुप्तेश्वर क्याम्पसका नेबिसंघ सभापति शिशिर शर्माले एउटा कलाकारले गाएको गितमा नाच्न नदिनु प्रहरीको घोर निन्दनिय कार्य भएकोले त्यसको बिरोध गरिएको जनाए ।

प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीले भने प्रहरीले हस्तक्षेप नगरेको दाबी गरे । उनले गितकै कारण पक्ष–बिपक्ष भइ होहल्ला हुने भएकोले शान्तिसुरक्षामा प्रहरी खटिएको तर, हस्तक्षेप नगरेको जनाए । ‘एउटा पक्षले गितको सपोर्ट गर्ने, अर्कोले बिरोध गर्ने हुनसक्छ भनेर सुरक्षा दिएको हो,’ पक्ष–बिपक्षमा होहल्ला होला भनेर हामीले शान्तिसुरक्षा दिएको मात्रै हो । हस्तक्षेप गरेको होइन ।’

पछिल्लो समय मुलुकमा बढ्दो भ्रस्टाचारलाई व्यङ्ग गर्दै सार्वजनिक भएको यो गित बिबादित बनेपछि गापक पशुपतिले व्यक्तिगत युट्यूव एकाउण्टबाट हटाएका छन् । उनले आइतबार नै सामानिक सञ्जालमार्फत उक्त गित हटाएको जनाएका हुन् । ‘मुलुकमा व्याप्त भ्रस्टाचारलाई व्यङ्ग गर्न उक्त गित सार्वजनिक गरेको हु“,’ उनले फेसबुकमा भनेका छन्, ‘गितबाट कसैलाई आक्षेप लगाउन खोजेको हँइन । त्यसका शव्दले कसैलाई असर पर्नगएको भए क्षमाप्रार्थी छु ।’ उक्त गितमार्फत आफु उपाध्यक्ष्ँ रहेको लोकदोहोरी प्रतिस्थानलाई आ“च पुग्नेगरि कुनै अभिव्यक्ति नदिन उनले अपिल गरेका छन् ।’ शुक्रबार एक स्टेज कार्यक्रमका क्रममा पर्वत आएका शर्माले उक्त कार्यक्रममा समेत सोहि गितमा प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति ६ फाल्गुन २०७५, सोमबार ००:५५