पशुपतिको गितमा प्रहरी हस्तक्षेप– पर्वतमा प्रहरी दमन बढेको भन्दै  नाराबाजी

नेपाली आवाज–पर्वत । लुट्न सके लुट कान्छा=====’ गायक पशुपति शर्माले हालै मात्रै बजारमा ल्याएको यो गित बजारमा चर्चित भएको छ । उनको व्यक्तिगत युट्यूवमा सार्वजनिक भएको केहि दिनमै युट्यूव टेण्डिङको टप १० भित्र परेको यो गित बजाउन पर्वत प्रहरीले भने रोक लगाएको छ ।

पर्वतस्थीत नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाले आईतवार सा“झ आयोजना गरेको पशुपतिको ‘लुट्न सके लुट् कान्छा’ बोलको गित सार्वजनिक स्थानमा बजाएर नाचगान गर्ने क्रममा नेबिसंघ कार्यकर्तालाई रोकेको हो । करिव दुई दर्जन प्रहरीको समुहले लोकतन्त्रचोकमा ठुल्ठुलो स्वरमा बजाएको गित रोक्दै केहि युवाहरुलाई नाचगानमा रोक लगाएपछि केहिबेर नेबिसंघ कार्यकर्ताले प्रहरी हस्तक्षेप बिरुद्धमा नाराबाजी गरेका थिए ।

लोकतन्त्रचोकस्थीत शहिद गोबिन्दनाथको शालिक परिषरमा बजाएको गित प्रहरीले बन्द गराएपछि नेबिसंघले नजिकैको एक स्टेशनरी पसलभित्र बजाएको थियो । दुई प्रहरी निरिक्ष्ँकहरु पसलभित्रै प्रवेश गरेर स्पिकर नियन्त्रणमा लिन खोजेपछि आसपासका बासिन्दाहरुले समेत प्रहरीको बिरोध गरेका थिए । ‘गित निकाल्नै दिन हुन्थेन,’ स्थानीय एक महिलाले भनिन्, ‘बजारमा सार्वजनिक भएको गितमा नाच्न नदिने कस्तो दमन हो ?’ करिव आधा घण्टा नेबिसंघ र प्रहरीबिच धकेलाधकेलको स्थीति भएको थियो ।

प्रहरी दमनका बिरुद्धमा स्थानीय समेत उत्रिएपछि स्थीति सामान्य बनेको थियो । नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाका सभापति अजय पोखरेलले एउटा कलाकारले गाएको गितमा नाच्न नदिनु प्रहरीको घोर निन्दनिय कार्य भएकोले त्यसको बिरोध गरिएको जनाए ।  प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीले भने प्रहरीले हस्तक्षेप नगरेको दाबी गरे ।

उनले गितकै कारण पक्ष–बिपक्ष भइ होहल्ला हुने भएकोले शान्तिसुरक्षामा प्रहरी खटिएको तर, हस्तक्षेप नगरेको जनाए । पछिल्लो समय मुलुकमा बढ्दो भ्रस्टाचारलाई व्यङ्ग गर्दै सार्वजनिक भएको यो गित बिबादित बनेपछि गापक पशुपतिले व्यक्तिगत युट्यूव एकाउण्टबाट हटाएका छन् । उनले आइतबार नै सामानिक सञ्जालमार्फत उक्त गित हटाएको जनाएका हुन् ।

 

प्रकाशित मिति ६ फाल्गुन २०७५, सोमबार ०६:११