ने.वि.संघ गुप्तेश्वरद्दारा नि:शुल्क १ महिने तालिम अाजबाट सुरू

सन्तोष पाठक

पर्वत, फाल्गुण १८ : नेपाल विद्यार्थी संघ गुप्तेश्वर इकाई समितिको संयोजन र अन्लिमिटेड टेक्नोलोजीको सहयोगमा १ महिने निशुल्क कम्प्युटर तालिम आजबाट शुरु भएको छ । तालिममा जिल्लाका ८० जना बिद्यार्थीले निशुल्क कम्प्युटर तालिम लिने भएका छ्न ।

 

तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेस पर्वतका सभापति खिम प्रसाद भुसालले अहिलेको युग भनेको कम्प्युटरको युग रहेको र नेपाल विद्यार्थी संघले जिल्लामा रहेका विद्यार्थीलाई निशुल्क कम्प्युटर सिक्ने वातावरण मिलाएर प्रसंसनिय काम गरेको बताउनुभयो । उहाँले सहयोगी संस्था अन्लिमिटेड टेक्नोलोजीलाई पनि धन्यवाद व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका पर्वतका सचिब युक्तप्रसाद श्रेष्ठले विभिन्न तहमा रहने साथीहरूको पहलमा तालिम संचालन भएको स्मरण गर्दै आगामी दिनमा पनि आँफू र आफ्नो पार्टीले यस्ता क्रियाकलापमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तालीममा सहभागी सबैलाई फेसनका रुपमा नभई गतिलो संग ज्ञान लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका वाड नम्बर ४ का अध्यक्ष मिना कर्मचार्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य लेखनाथ पौडेल, सरस्वती सर्मा ’जिज्ञासु’ गुप्तेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुवास पन्त, नारायण माबिका बिधालय ब्यबस्थापन समिती अध्यक्ष रमाकान्त शर्मा, नेपाल ट्रेड युनियन कांग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र के.शी. नेपाल विद्यार्थी संघ पर्वतका सचीव बरदान पौडेल, नेपाल प्रेस युनियन पर्वतका सल्लाहकार उत्तम अधिकारी लगायतले बोल्नुभएको थियो । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाई सभापति शिशिर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत एकाइ उपाध्यक्ष एवं कार्यक्रम संयोजक अमृत प्रसाद पौडेल र संचालन इकाई सचिब सन्तोष पाठकले गर्नुभएको थियो । साभार सबैको अनलाइन

प्रकाशित मिति १८ फाल्गुन २०७५, शनिबार १२:४६