पोखराको एक होटलबाट ८० जना पक्राउ

नेपाली आवाज । डान्सपार्टीको नाममा लागुऔषध प्रयोग गरेको भन्दै प्रहरी लेकसाईड स्थित एक रेष्टुरेण्टबाट नेपाली र विदेशी गरि ८० जनालाई पक्राउ गरेको छ ।

पोखरा ६ लकसाईडस्थित खहरेमा रहेको द अफिस रेष्टुरेण्टमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नयाब उपरीक्षक कोमल शाहले बताए ।

अनुमती बिना रेष्टुरेण्टमा डान्सपार्टी आयोजना गरिएको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मार्दा गाँजा, चरेस लगायतका लागुऔषध भेटेपछी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सवैलाई प्रहरी कार्यालयमा राखि अनुसन्धान थालिएको शाहले बताए ।नयाँ पत्रिका दैनिकवाट

प्रकाशित मिति ११ चैत्र २०७५, सोमबार ०९:१९