जापानसँग नेपालको श्रम सम्झौता : सरकारी संयन्त्रबाट यी १४ क्षेत्रमा लगिनेछ कामदार

नेपाली आवाज । काठमाडौं स् नेपाल र जापानबीच श्रम सम्झौता भएको छ। सोमबार दिउँसो एक कार्यक्रमका बीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी ९एमओसी० मा दुई देशबीच हस्ताक्षर भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच समझदारीमा हस्ताक्षर भएको हो।

श्रम प्रवक्ता डा। नारायण रेग्मीका अनुसार सरकारी संयन्त्रबाटै कामदार लैजाने गरी समझदारी भएको हो।

जापानले नेपालसहित ९ वटा देशबाट विदेशी कामदार लैजान लागेको छ। अप्रिलदेखि नै कामदार भर्ना गर्ने जापानको तयारी छ।

समझदारीपश्चात अब दुई देश सम्मिलित प्राविधिक कमिटी गठन हुने छ। कमिटीले थप प्राविधिक विषयमा छलफल गर्ने छ।

जापान रोजगारीमा जानका लागि एन फोर भाषा परीक्षा उत्तीर्ण हुनुपर्छ। जापान रोजगारीका लागि वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुने छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी संयन्त्रबाटै कामदार पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो । अन्नपूर्णपोष्टवाट

प्रकाशित मिति ११ चैत्र २०७५, सोमबार ०९:२२