नेपाल विद्यार्थी संघ पर्वत काठमाडौं सम्पर्क समितद्धारा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया सम्पन्न

नेपाली आवाज–पर्वत । नेपाल विद्यार्थी संघ पर्बत–काठमाडौं सम्पर्क समितिको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा ‘बर्तमान अबस्थामा विद्यार्थीको भुमिका’ विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाल विद्यार्थी संघ पार्टीको मेरुदण्ड भएको बताए । नेवि संघका कारण पार्टी बलियो भएको भन्दै नेताहरुले मुलुकमा लोकतन्त्र र गणतन्त्र ल्याउन विद्यार्थी संघको अतुलनिय योगदान रहेको चर्चा गरे । शुभकामना कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व सासद अर्जुन प्रसाद जोशी नया बर्ष को शुभकामना दिदै राजनीति र विद्यार्थी एक अर्काका परिपुरक रहेको बताउनु भयो ।विधि बिधान भन्दा माथी कोइ नहुने,सस्था ठुलो कुराहो,भन्दै प्रमुख अतिथी समेत रहनु भएका जोशीले विद्यार्थी नै समाज परिवर्तनको आधार रहेको उल्लेख गर्नुभयो । उहाले पर्वतको संगठन बलियो बनाउन विद्यार्थी,तरुण र पाटिलाई साथ दिन आव्हान गर्नुभयो ।

त्यस्तै प्रदेश सांसद उमेदवार राजेन्द्र तिवारीले विद्यार्थीले समाजमा रचनात्मक कार्य गर्नुपर्ने उल्लेख गर्नु भयो । काग्रेंस महाधिबेसन प्रतिनिधि तिवारीले ने बि संघ बलियो भए मात्रै कांग्रेस बलियो हुने,नेपाली काग्रेंसले आयोजना गरेको जागरण कार्यक्रम लाई सफल पार्ने युवा विद्यार्थी हरुलाई रचनात्मक काम लागि पर्न अनुरोध गर्दै,सगंठन बलियो बनाउन लागि पर्नु पर्ने कुरा रख्नु भएको थियोे ।

तरुण दल केन्द्रिय कार्यसमिति कोषाध्यक्ष बिद्वान गुरुङले गाउगाउमा नेबिसघं र तरुण दल मिलेर कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।अब नेपाली कांग्रेस बलियो स्थिती मा आउनुपर्ने भन्दै ,आफुले बिधान बिधि र पद्धति लाई सदैव स्वीकार गर्दै आएको बताउनु भयो ।यदि बिधि र बिधान भन्दा माथि कोइ भए त्यसलाई मान्री नहुने कुरा राखनु भएको थियो

त्यस्तै नेपाल विद्यार्थी सघंका निवर्तमान केन्द्रिय अध्यक्ष नैन सिहं महरले सरकारले शैक्षिक माफिया सरकारले आफै बढाएको उल्लेख गर्नुभयो । उहाले नेबि सघं सधै यसको विरुद्ध मा लाग्ने बताउनु भयो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि मुना भुसाल ,नेपाली कांग्रेस पर्बत काठमाडौं सम्पर्क समितिका पुर्व अध्यक्ष तिलक कुवर , नेबि सघं निवर्तमान महामन्त्री सरोज थापा पुर्व उपाध्यक्ष ऋषिकेस शाह सहमहामन्त्री प्रेमराजजोशी केन्द्रिय सदस्य सैलेन्द्र शर्मा गौडेल,प्युठान महासमिति सदस्य निमा गिरि,विद्यार्थी नेता१दोजाङ शेर्पा विद्यार्थी नेतृ सृजना मल्ल,लगायत थुप्रैले शुभकामना मन्तव्य र विद्यार्थी को भुमिकाको विषयमा कुरा हरु राख्नुभएको थियो ।कार्यक्रम को सभापतित्व ने बि संघ पर्बत काठमाडौं सम्पर्क समितिका अध्यक्ष रोशन तिवारीले गर्नुभएको थियो ,तिवारीले आफु सदैव सहमति र सहकाय गर्दै पर्बत ने बि संघको समन्वयमा आगामी दिनमा एक असल अनि सफल संगठनको परिचय दिने कुरा राख्नु भएको थियो ।

कलमको मसि को हस्ताक्षर सुक्न नपाउदै विभिन्न बहानाबाजि गर्ने प्रती इङित गर्दै तिवारीले पार्टी र सस्था ठुलो भयको र सबै मिलेर जानी कुरा राख्नु भएको थियोे ।स्वागत मन्तव्य उपाध्यक्ष अनिल सापकोटाले गर्नुभएको थियोे भने संचालन सचिव नवीन पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति ९ बैशाख २०७६, सोमबार १५:४९