नेकपा पर्वतलाई ठुलो धक्का : पार्टीका नेता भ्रष्ट भएको भन्दै छोड्नेहरु बढे

नेपाली आवाज–पर्वत । पर्वत सँगै देशभर नेकपाको दबदबा रहेका बेला यहाँका एक नेता काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस पर्वतले शुरु गरेको जागरण अभियानका क्रममा पर्वतको फलेवास नगरपालिका–६ देविस्थानका कम्युनिष्ट नेता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उक्त कार्यक्रममा पूर्व नेकपा माओबादीका सचिवालय सदस्य तथा पूर्व परायू सदस्य रामचन्द्र घिमिरे नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसका सचिव युक्तप्रसाद श्रेष्ठले जानकारी दिए ।

घिमिरेलाई अविर र खादाले भव्य स्वागत गर्दै पार्टि प्रबेश गराईएको उनले बताए । नेकपा नेतृत्वको वर्तमान सरकारले जनताका लागि गतिलो काम गर्न नसकेका कारण आफुहरुले पार्टी परित्याग गरेको घिमिरेको भनाई छ ।

दुई तिहाइ मत पाउदा पनि नेकपा नेतृत्वको सरकारले देश र जनताको पक्षमा केहि काम गर्न नसकेको उनले आरोप लगाए । अरु पार्टी भन्दा नेपाली काँग्रेसले राणा, राजा र पन्चायत फालेर मात्र होइन जनताका संविधान लेखेर देश र जनताका लागि ठुलो काम गरेको घिमिरेले बताए ।

जनता र इतिहासले दिएको जिम्मेवारी यो देशमा काँग्रेसले मात्र पुरा गर्न सकेकोले आफुले काँग्रेसमा रोजेको उनको दावी छ । नेकपाका नेताहरु जनतालाई आश्वान मात्र दिएको काम नगरेको भन्दै पछिल्लो क्रममा नेकपा परित्याग गर्नेहरुको संख्या पर्वतमा ह्वात्तै बढेको छ ।

प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १७:२०