पर्वत काँग्रेसको जनजागरण अभियान शुरु : गाउँगाउँ पुगेर संगठन विस्तार गर्ने

नेपाली आवाज । नेपाली काँग्रेस पर्वतले पनि बुघवारबाट जनजागरण अभियान शुरु गरेको छ । जिल्लाभरिका नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी र सर्वसाधारणहरुको सहभागितामा बुधवार कुश्मा बजारबाट जागरण अभियानको शुरुवात गरिएको हो ।

जागरण अभियानको शुरुवात कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवं पर्वतका लागि केन्द्रबाट खटिनुभएका प्रतिनिधी चिनकाजी श्रेष्ठले जागरण कार्यक्रममा नेपाली काँग्रेस नयाँ उर्जा प्रदान गर्ने बताउनुभयो । उहाँले एकताको सन्देश गाउँमा पुग्ने र गाउँका समस्या केन्द्रमा पु¥याउने गरि कार्यक्रम देशैभरि शुरु भएको बताउनुभयो । नेता श्रेष्ठले नेपाली काँग्रेस महासमिति बैठकपछि एक भएको चर्चा गर्दै यो सन्देश गाउँमा पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले अहिले दुई तिहाई वहुमतको सरकारले संसदमा जनताका आवाज सुन्न नचाहेको र जनताका आवाज बोल्ने प्रतिपक्षी साँसदको मुख थुन्ने काम गरेको भन्दै आपत्ती जनाउनुभयो । पर्वतमा काँग्रेसको राम्रो एकता रहेको र जनतामा काँग्रेसप्रति ठूलो भरोसा रहेको भन्दै जनताका हरेक दुखमा साथ दिँदै पार्टिलाई सहि दिशा दिन जिल्लाका नेताहरुलाई श्रेष्ठले सुझाव दिनुभयो । उक्त कार्यक्रममा पूर्व नेकपा माओबादीका सचिवालय सदस्य तथा पूर्व परायू सदस्य रामचन्द्र घिमिरे नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । घिमिरेलाई अविर र खादाले भव्य स्वागत गर्दै पार्टि प्रबेश गराईएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रदेशसभा साँसद ललितकला गुरुङले कम्यूनिष्ठको झुठो आस्वसनमा जनता नबिक्ने बताउनुभयो । नेपाली काँग्रेसका पूर्व पार्टि सभापति नवराज गुरुङले जागरण अभियानको विषय प्रबेश गराउँदै जागरण अभियानका १५ बुँदे मार्ग चित्र प्रस्तुत गर्नुभयो । पूर्व पार्टि सभापति गुरुङले गाउँ गाउँका जनताका सुखदुख बुझेर नेपाली काँग्रेस अगाडी बढ्ने बताउनुभयो । जिल्ला सभापति खिमप्रसाद भुसालले कार्यक्रमको सभापतित्व ग्रहण संगै कार्यक्रम समापनमा पार्टिको यो अभियान ऐतिहाँसिक अभियान रहेको बताउनुभयो ।

भुसालले अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै पार्टिका जिल्ला उपसभापति दुर्गावहादुर खत्रीले जागरण अभियान संगै नेपाली काँग्रेस एक ढिक्का भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आउनुभएका नेता कार्यकर्ताहरुको ठुलो सहभागिता थियो । जागरण अभियानका लागि नेताहरु खटिएका छन् ।

खटाएका ठाउँमा संयोजकहरुले घरदैलो गरेर जनताका सुखदुख बुझ्दै काँग्रेसको धारणा घरदैलोमा पु¥याउने जनाईएको छ ।

प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १७:३८