नेकपाको अखडा बन्दै फलेवास नगरपालिका : पार्टीको झण्डा टाँगेर कार्यक्रम सञ्चालन

जेष्ठ १७, पर्वत । फलेवास नगरपालिका–१० कुर्घाका सुनिल शर्मा काठमाडौँमा बस्छन् । पेशाले उनी विद्यार्थी हुन् । स्थानीय तहको निर्वाचन पश्चात पहिलो पटक विशेष कामले नगरपालिकामा पुगेका शर्मा मेयर, उपमेयर र कर्मचारी नभेटेपछि निराश हुँदै फर्किए ।

‘नगरपालिकामा कोही कर्मचारी र जनप्रतिनिधी छैनन,’ आज पार्टीको कार्यक्रम भएकाले आईतवार बोलाउनु भएको छ, अव आईतवार आउनुपर्ला उनले भने,’ । उनी उदाहरणका पात्र मात्र हुन् । नगरपालिकामा आउने अन्य सेवाग्राहीहरु पनि काम नभएको भन्दै निराश हु्ँदै फकिएका थिए । सेवाग्राहीले सेवा लिन नपाएको गुनासो गरेपछि पत्रकारहरुको टोली त्यहाँ पुग्दा केही कर्मचारी भेटिएपनि अन्य कर्मचारी नेकपाको नगर संगठन कमिटिको सपथ ग्रहण कार्यक्रममा व्यस्त थिए ।

फलेवास नगरपालिकाको कार्यालय समय भित्र आज नेपाल कम्युनिष्ट पार्टी फलेवास नगर संगठन कमिटिको सपथ ग्रहण र प्रथम पूर्ण बैठक चलिरहेको थियो । फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले पत्रकारको टोली देख्नसाथ नगरपालिकाको सभाहलका पर्दा लगाउँदै ढोका बन्द गरे । पत्रकारको टोलीले मेयर पदमपाणि शर्मालाई फोन गर्दा मोवाईल अफ थियो । नगरपालिकाका योजना अधिकृत देवीप्रसाद तिमिल्सीना पनि कार्यक्रममा व्यस्त थिए । केही कर्मचारीहरु नगरपालिकाको काम नै छोडेर कार्यक्रममा खटिएका थिए ।

‘नगरपालिकाको कार्यालयमा पार्टीको झण्डा राखेर कार्यक्रम नगरेको भए हुँथ्यो,एक कमचारीले भने,‘अन्य स्थानमा ठाउँ नभएकाले यहाँ कार्यक्रमको आयोजना गरिएको हो अरे ।’, ‘कार्यालय स्थालमै पार्टीको कार्यक्रम राख्दा काम मात्र प्रभावित भएको छैन । नगरपालिकालाई हेर्ने दृष्ट्रिकोण पनि फेरिएको छ –उनले भने,’ फलेवास नगरपालिका प्रकासकिय अधिकृत मोतीराम सापकोटाले नगरपालिको सभाहल भएकाले अन्य दलले पनि कार्यक्रम गर्दा हुने बताए । उनले भने,‘आज नेकपाले कार्यक्रमको आयोजना ग¥योे, भोली काँग्रेसले कार्यक्रम आयोजना गछौँ भने पनि हल उपलव्ध गराउने उनले बताए ।

फलेवासका नगरपालिकाका मेयर पदमपाणि शर्माले सभाहलमा पार्टीको कार्यक्रम राख्दा केही फरक नपर्ने बताए । पार्टीको झण्डा राखेर कार्यालय समय भित्र कार्यक्रम गर्नु त गलत हो नी भन्ने प्रश्नमा उनले भने,‘अन्यन्त्र ठाउँ नभएकाले यहाँ राखिएको हो ।’उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेकपाका कार्यकर्तालाई मात्र बजेट बिन्योजन गरेको, अनुदानमा राजनिति गरेको, अत्याधिक कर लगाएको, जनताको भावना विपरित काम गरेको भन्दै आलोचना हुँदै आएका मेयर पदमपाणि शर्माले पार्टीको कार्यक्रम समेत नगरपालिकाको कार्यालयमा लगेर राखेको भन्दै उनको सामजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार १८:०४