काँग्रेसका मनकारी नेता : असिनापानी पीडित कृषकलाई एक लाख एक हजार दिने घोषण

साजन परियार– पर्वत । फलेवास नगरपालिकाका असिना पीडित कृषकले राहात नपाएको गुनासो गरिरहेका बेला नेपाली काँग्रेसका लोकप्रिय नेता तथा फलेवास नगरपालिकाका मेयरका प्रत्यासी गंगाधर तिवारीले असिनापानी पीडित कृषकलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषण गर्नुभएको छ ।

फलेबास नगरपालिकाले शुरु गरेको ‘क्लिन फलेबास , ग्रिन फलेबास अभियानको बुधबार शंकरपोखरीमा उद्घाटन शत्रमा बोल्दै तिवारीले फलेवास नगरपालिकाका कृषकलाई लागि एक लाख एक हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो  ।

फलेवास नगरपालिकामा लामो समयसम्म पनि विपत व्यवस्थापन समिति गठन हुन नसकेकोमा दुःख व्यक्त गदै  तिवारीले नगरपालिकाले विपत व्यवस्थापन समिति गठन गरेर बैक खाता उपलव्ध गराएमा आफुले १ लाख १ हजर रुपैयाँ सहयोग गर्ने घोषण गर्नुभयो  ।

असिनापानीले गत हप्ता फलेवास नगरपालिका लगायत जिल्लामा नै क्षति पु¥याएको भन्दै कृषकलाई राहात उपलव्ध गराउन गाउँपालिका र नगरपालिकालाई आग्रह गर्नुभयो । ‘नगरपालिमा कृषि क्षेत्रका लागि करोडौ बजेट आउँछ, तिवारीले भन्नुभयो, तर नगरका बासिन्दाले  राहात नपाउनु दुखत पक्ष हो,’ । पर्वतमा असिना पानी पीडितले लामो समयसम्म पनि राहात नपाएको भन्दै उहाँले प्रतिनिधी सभा, प्रदेश सभाले कृषकलाई राहात उपलव्ध गराउनु पर्ने माग गर्नुभयो ।साथै उहाँले नागरिकहरु सहज रुपमा यात्रा गर्ने नपाएको बताउँदै नगरपालिकाले नगर बस सञ्चालन गर्न आग्रह गनुृभयो ।

फलेवास नगरपालिकाले अत्याधिक कर उठाएको प्रति आक्रोश व्यक्त गदै तिवारीले भन्नुभयो ,‘ ।उहाँले नगरपालिकाले सर्वदलिय समिति गठन गरेर आए देश विदेशमा रहेका नागरिकहरु सँग पनि सहयोग उठाउने जिकिर गर्नुभयो । जनतालाई पहिला नगरपालिकावाट हुने सेवासुविधाको प्रत्याभुती दिलाउनु होस् अनि कर लिनुहोस ।’

आजसम्म नगरपालिकाले गति लिन्छ भन्ने आशा गरेकोले चुप बसेको बताउँदै तिवारीले नगरपालिका जनताको चाहना विपरित चल्न थालेपछि सार्वजनिक रुपमै विरोधमा उत्रिएको बताउनु भयो । नगरपालिका कार्यक्रम एउटा सानो समुहलाई मात्र वितरण गरेको आरोप लगाउँदै नगरपालिका काम जनताले प्रत्याभुती गर्न नपाएको उहाँको तर्क छ ।

नगर प्रमुखले यस्तो गदै गएमा समुन्नत र समृद्धि फलेवास बन्न नसक्ने तिवारीको दावी छ । तिवारीले आफुले नगरपालिकामा कुनै स्वार्थ नराखी काम गर्न चुनावी मैदानमा आएको तर जनताले आफूलाई नस्विकारेकोमा कुनै दुःख नलागेको बताउनु भयो ।

‘जनता जनार्दनले जुन अपेक्षाले मलाई पराजित गरेर अर्को साथीलाई रोजे आज उनीहरुलाई पछुतो लागिरहेको छ,’ तिवारीले भन्नुभयोे,‘ नगरप्रमुख ज्यू गफले नगर बन्दैन, जनताका काम गर्नुहोस ।’ उहाँले मेयरले आफुलाई राजा ठानेर तानाशाही व्यवहार लाद्न थालेको पनि बताउनु भयो ।

जनता माथि अत्याधिक कर उठाएर नगरपालिका बदनामी बनेको उहाँको तर्क थियो । ‘क्लिन फलेबास , ग्रिन फलेबास अभियानको शुभकामना दिँदै नगरपालिकाको विकासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार १७:२४